फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिनफिङको चच्याङ प्रान्तको निरीक्षण

(GMT+08:00) 2020-04-01 19:14:47

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले हिजो अर्थात् मार्च ३१ तारिखका दिन हाङचौ सिसि राष्ट्रिय सिमसार पार्क र शहर सञ्चालन आदेश केन्द्रको निरीक्षण गर्नुभयो। उहाँले सिसि सिमसारको संरक्षण र उपयोगिता, हाङ चौ शहरको प्रशासन प्रणाली र शासन क्षमताको आधुनिकीकरणको पनि निरीक्षण गर्नुभयो।

सिसि राष्ट्रिय सिमसार पार्क चीनको पहिलो राष्ट्रिय स्तरको सिमसार पार्क हो। यहाँ प्रचुर पर्यावरण स्रोत, सुन्दर प्राकृतिक दृष्य छ। सन् २००५ मा सिसि सिमसार पार्कको उद्घाटनअघि यहि समय च च्याङ प्रान्तीय पार्टी समितिका सचिव सी चिन फिङले पार्कलाई बधाई पत्र पठाउनुभएको थियो। १५ बर्ष पछि, सि सि राष्ट्रिय सिमसार पार्क झन् ठूलो र अधिक सुन्दर छ। यस पटकको निरीक्षणमा राष्ट्राध्यक्ष सीले सिमसारको विकासले पर्यावरण संरक्षणमा ध्यान केन्द्रित गर्नुपर्ने भन्दै पर्यटनको विकास गर्दा वातावरणको नोक्सानी गर्न नहुने बताउनुभयो।

जानकारी तथा लेखहरु