फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चच्याङको निरीक्षणका क्रममा राष्ट्राध्यक्ष सी चिनफिङको महत्वपूर्ण निर्देशन

(GMT+08:00) 2020-04-01 19:15:10

अप्रिल एक तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव सी चिन फिङले च च्याङ प्रान्तको निरीक्षण गरी स्थानीय पार्टी समिति र सरकारको कार्य प्रतिवेदन सुन्नुभएको छ। सो अवसरमा सी चिन फिङले विदेशमा महामारी फैलिँदा अन्तर्राष्ट्रिय व्यापारिक गतिविधिमा निकै प्रभाव परेसँगै चीनको अर्थतन्त्रसमक्ष पनि नयाँ चुनौती देखापरेको र विज्ञान तथा प्रविधि विकास गतिशील पार्ने तथा औद्योगिकीकरणको स्तरोन्नति गर्ने लगायत नयाँ अवसर पनि देखिएको धारणा व्यक्त गर्नुभयो। च च्याङ प्रान्तले महत्वपूर्ण क्षेत्र र मुख्य लिंकको सुधारलाई अघि बढाएर राष्ट्रिय सुधारको लागि अनुभव प्रदान गर्नुपर्ने पनि सीले दोहोर्याउनुभयो।

चीनको सुधार तथा खुलापनको अग्रस्थानको रूपमा रहेको च च्याङ प्रान्तको कूल आर्थिक मात्रा चीनको चौथो स्थानमा रहेको छ। मार्च २९ तारिखदेखि अप्रिल १ तारिखसम्म सी चिन फिङले च च्याङको निङ पो, हु चौ, हाङ चौ आदि क्षेत्रको निरीक्षण गर्नुभएको छ।

सीले वर्तमान कठिनाइमा अवसरहरू समात्नुपर्ने भन्दै महामारीको नियन्त्रणको आधारमा व्यवस्थित रूपमा उत्पादन पुनःसुरू गरी समस्त उद्योगको संयुक्त पुनःसुचारूलाई बढाउनुपर्ने कुरामा जोड दिनुभयो।

जानकारी तथा लेखहरु