फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व सुरक्षाका लागि एकतावद्ध हुन अन्तर्राष्ट्रिय जनमतको आह्वान

(GMT+08:00) 2020-04-02 17:51:56

नयाँ कोरोना भाइरस महामारी विश्वभरि फैलिएको छ। चीनले महामारीको रोकथाम तथा नियन्त्रणमा एक चरणको विजय हासिल गरेको छ र सक्रिय रूपमा काम र उत्पादनलाई पुनः सुचारू गरेको छ। साथै सक्रिय रूपमा केही देशहरूलाई सक्दो मद्दत पनि दिइरहेको छ।

तर केही पश्चिमा मुलुकका राजनीतिज्ञहरूले चीनको प्रयास र सेवालाई वेवास्ता गरेका छन् र चीनलाई बदनाम गर्न व्यस्त रहेका छन्। यी व्यवहारहरूले अन्तर्राष्ट्रिय महामारीको सहयोगलाई कमजोर पार्दछ। अन्तर्राष्ट्रिय जनमतले यस्ता व्यवहारको कडा निन्दा गरेको छ।

हिजो अर्थात् अप्रिल एक तारिखका दिन विश्व स्वास्थ्य संगठनद्वारा आयोजित पत्रकार सम्मेलनमा विश्व स्वास्थ्य संगठनका आपतकालीन परियोजना प्रमुख माइकल जे र्यानले हालसम्म विश्व स्वास्थ्य संगठनले केही मुलुकहरुका नयाँ कोरोना भाइरस सम्बन्धित अनुसन्धान रिपोर्टहरु प्राप्त गरेको बताउँदै रिपोर्टहरुमा जर्मनी, सिंगापुर र अमेरिकाको एक एक तथा चीनका चार वटा रिपोर्ट आएको बताउनुभयो।

अन्तर्राष्ट्रिय प्रसिद्ध चिकित्सा पत्रिकाका प्रधान सम्पादक रिचार्ड होर्टनले जनवरीको अन्तिम साता आफूलाई महामारी फैलिने संकेत मिलेको बताउँदै महामारीबारे चीनले दिएको सन्देश एकदमै स्पष्ट भएपनि बेलायतले समय बर्बाद गरेको टिप्पणी गर्नुभयो।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अढानोम घेब्रेयसुसका अनुसार नयाँ कोरोना भाइरस नयाँ पत्ता लगाइएको भाइरस हो जुन मानवका लागि पहिले त अज्ञात थियो। विश्वको साझा सुरक्षा सबै मानिसको संयुक्त प्रयासबाट अविभाज्य रहेको पनि उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु