फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ मास्कको गुणस्तरमा उठाइएको प्रश्नको चीनद्वारा जवाफ

(GMT+08:00) 2020-04-02 19:33:24

हालै नेदरल्याण्ड र बेल्जियम जस्ता केही यूरोपेली देशका सञ्चार माध्यमले चीनबाट खरिद गरिएको मास्क मापदण्ड विपरीत उत्पादित वस्तु प्रयोग गरिएको भन्दै गुणस्तरमाथि प्रश्न उठाएका छन्।

सो बारे चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले आज आयोजित पत्रकार सम्मेलनमा प्रारम्भिक जाँचबुझका अनुसार ती मास्कहरू नेदरल्याण्डको एजेन्ट आफैले खरिद गरेका थिए। ढुवानी गर्नु भन्दा पहिले चिनियाँ कम्पनीले स्पष्ट रूपमा नेदरल्याण्डलाई सूचित गरेका यी मास्क अस्पतालका प्रयोग हुने मास्क नभएको र निर्यात भन्सार पार गर्दा समानको घोषणा-पत्रमा पनि "गैर-चिकित्सा मास्क"को नाममा गरिएको स्पष्ट पार्नुभयो।

प्रवक्ता ह्वाले वर्तमान विश्वव्यापी महामारीको स्थितिमा, चीनले आफ्नै कठिनाइलाई पराजित गरेको छ र सक्रिय रूपमा अन्तर्राष्ट्रिय समुदायलाई विभिन्न प्रकारका महामारी प्रतिरोधी सामग्रीहरू प्रदान गरेको बताउनुभयो। उहाँले चीनले निर्यात हुने उत्पादनको गुणस्तरमा सँधै ठूलो महत्व दिएको भन्दै चिनियाँ सम्बन्धित विभागहरूले झन् कडा पर्यवेक्षणका उपायहरू शुरू गरेको जनाउनुभयो।

जानकारी तथा लेखहरु