फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वमा कोभिड-१९ संक्रमित संख्या ८.२ लाख

(GMT+08:00) 2020-04-02 19:34:04

विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार, मध्य युरोप समयानुसार अप्रिल एक तारिखको बेलुकी ६ बजेसम्ममा विश्वमा कोभिड-१९ संक्रमित संख्या ८ लाख २७ हजार ४ सय १९ पुगेको छ भने मृतकको संख्या  ४० हजार ७ सय ७७ जना पुगेको छ। हाल विश्वमा २०५ वटा मुलुक तथा क्षेत्रमा कोभिड-१९ संक्रमित भेटिएका छन् भने चीनबाहेक संक्रमित संख्या ७ लाख ४० हजार पुगेको छ।

अमेरिकी जोन्स होप्किन्स विश्वविद्यालयको तथ्याङ्कका अनुसार, पूर्वी अमेरिकी समयानुसार अप्रिल एक तारिख राति सात बजेसम्म अमेरिकामा कोभिड-१९ संक्रमित संख्या जम्मा गरी २ लाख १३ हजार ३ सय ७२ पुगेको छ भने मृतकको संख्या ४७५७ पुगिसकेको छ।

इटली सरकारको तथ्याङ्कले स्थानीय समयानुसार अप्रिल एक तारिख बेलुका छ बजेसम्म इटलीमा कोभिड-१९ संक्रमित संख्या जम्मा गरी १ लाख १० हजार ५ सय ७४ पुगेको देखाएको छ भने मृतकको संख्या १३ हजार १ सय ५५ पुगेको छ।

फ्रान्सेली स्वास्थ्य विभागका अनुसार, अप्रिल एक तारिखसम्म फ्रान्समा कोभिड-१९ संक्रमित संख्या ५६ हजार ९ सय ८९ पुगेको छ भने मृतकको संख्या ४०३२ पुगेको छ।

जानकारी तथा लेखहरु