फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँ कोरोना भाइरसको रोकथाममा अन्तर्राष्ट्रिय सहयोगलाई सुदृढ पार्न विश्व राजनैतिक पार्टीहरूको संयुक्त आह्वान

(GMT+08:00) 2020-04-02 20:54:19

अप्रिल २ तारिखका दिन चीनको कम्युनिष्ट पार्टी र विश्वका १०० भन्दा बढी देशका २३० भन्दा बढी राजनीतिक पार्टीहरूले एक संयुक्त आह्वान प्रस्ताव प्रस्तुत गरेका छन्। आह्वान प्रस्तावमा सबै देशले जनताको जीवन र स्वास्थ्यलाई पहिलो स्थानमा राख्नुपर्दछ र महामारीको फैलावट रोक्न प्रभावकारी कदम चाल्नु पर्छ, भनिएको छ। आह्वान प्रस्तावमा देशहरूले अन्तर्राष्ट्रिय सहयोगलाई सुदृढ बनाउनुपर्दछ, एक अर्कालाई सहयोग गर्नुपर्दछ र मानवजातिको साझा शत्रु नयाँ कोरोना भाइरसलाई पराजित गर्नुपर्दछ, भन्ने उल्लेख गरिएको छ।

नयाँ कोरोना भाइरस महामारी फैलिएपछि अन्तर्राष्ट्रिय सहयोगलाई सुदृढ पार्न विश्व राजनैतिक पार्टीहरूले पहिलो पटक संयुक्त आह्वान प्रस्तुत गरेका छन्।

जानकारी तथा लेखहरु