फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिन फिङद्वारा च च्याङको निरीक्षण गर्दा चिनियाँ शासन प्रणालीमा जोड

(GMT+08:00) 2020-04-03 18:56:26

हाल चीनका शीर्ष नेता सी चिन फिङले च च्याङ प्रान्तको निरीक्षण गर्दा महामारी नियन्त्रणको समग्र व्यवस्थापन र सामाजिक तथा आर्थिक विकास कार्यबारे चर्चा गर्दै तत्काल चाहियो भने तत्काल व्यवस्थापन गर्नुपर्छ र बिस्तारै चाहिन्छ भने सुस्त व्यवस्थापन गर्नुपर्छ भन्ने कुरा दोहोर्याउनुभयो।

देशको शासन प्रणाली र शासन क्षमताको आधुनिकीकरण गर्नु नै चीनका शीर्षनेताले धेरै पटक भन्दै आएको कुरा हो। हाल सी चिन फिङले च च्याङको सामाजिक द्वन्द्व समाधान केन्द्र र हाङ् चौ शहरको व्यवस्थापन निर्देशन केन्द्रको निरीक्षण गर्नु नै चीनले सामाजिक शासन, देशको शासन प्रणाली र शासन क्षमताको आधुनिकीकरण विकास गर्ने व्यवहारिक अभ्यास हो।

यसै कोभिड-१९ महामारी नयाँ चीन स्थापना भएयता सबैभन्दा छिटो फैलिएको, संक्रमित दायरा सबैभन्दा फराकिलो भएको, नियन्त्रण गर्न सबैभन्दा गाह्रो भएको ठूलो आपतकालीन सार्वजनिक स्वास्थ्य गतिबिधि हो साथै चीनको शासन प्रणाली र क्षमताको लागि पनि एक परीक्षा पनि हो।

महामारी फैलिएयता चीनले आधारभूत तहको आधारमा संयुक्त नियन्त्रण प्रणालीको स्थापना गरी समाजको सामान्य व्यवस्थाको संरक्षण गरेको छ। धेरै विदेशी इन्टर्नेट प्रयोगकर्ताले भनेका छन्, कि चीनका विभिन्न क्षेत्रमा पानी, बिजुली, हिटिङ सिस्टम, सञ्चारमाध्यम, दैनिक जीवनको आवश्यक सामग्रीको आपूर्ति कुनै पनि रोकिएन, सामाजिक व्यवस्थामा भ्रम देखिएन, यो त विदेशमा कल्पना पनि गर्न सकिँदैन। जसबाट चीनको सामाजिक शासन क्षमता विकास भएको प्रतिबिम्बित भएको छ।

प्रयास गरेपछि हाल चीनमा महामारी फैलिने चरम अवस्था ओरालो लागिसक्यो भने महामारी नियन्त्रणको चरणवद्ध रूपमा प्रभावशाली हुँदै गएको छ। हुन त महामारीबाट विश्वले चीनको सामाजिक प्रणाली र शासन प्रभावलाई अझ स्पष्ट तथा निष्पक्ष रूपमा हेर्न पाउँछ। प्रणालीको परिवक्वता क्रम एक गतिशील प्रकिया हो भने शासन क्षमताको आधुनिकीकरण पनि। भनेको एक चोटी प्रयास गरेर सँधैकालाई पुग्ने होइन। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले च च्याङको निरीक्षण गर्दा दोहोर्याउनुभयो कि यस महामारीमार्फत हामीले अरू सिक्नुपर्छ भने अनुभवबाट सिकेर आफूलाई सुधार गरिरहनु चिनियाँ कम्युनिष्ट पार्टी सफल हुनसक्ने कारण हो साथै चिनियाँ शासन सुधार भइरहन सक्ने कारण पनि हो।

जानकारी तथा लेखहरु