फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महामारी गम्भीर हुँदा पनि अमेरिकी राजनीतिज्ञको अफवाह निरन्तर

(GMT+08:00) 2020-04-03 18:56:54

अप्रिल २ तारिख आयोजित पत्रकार सम्मेलनमा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले दश मिनट लगाएर ब्लूमबर्गको प्रश्नको जवाफ दिएर अनेक वास्तविकताको आधारमा चीनमाथि केही अमेरिकी राजनीतिज्ञहरूले फैलाइरहेको अफवाहको खण्डन गर्नुभएको छ।

वास्तवमा चीनले महामारी अवस्थालाई लुकाएको छ कि छैन भन्नेबारे विश्व स्वास्थ्य संगठन तथा सम्बन्धित विशेषज्ञले मूल्याङ्कन गर्न सबैभन्दा उपयुक्त हुन्छ। यसअघि चीनको महामारी नियन्त्रणमा संलग्न भएका चीनका लागि विश्व स्वास्थ्य संगठनका प्रतिनिधि काउ लीका अनुसार, चीनले विश्व स्वास्थ्य संगठनसँग सूचनाको तत्काल रिपोर्ट दिएपछि मात्रै संगठनले महामारी विकास प्रवृत्तिको सही रूपमा विश्लेषण गर्नसक्छ। अनि यसबाट विश्व महामारी नियन्त्रण गर्ने आधार प्रदान गरिएको छ।

तर चीनबाट तत्काल रिपोर्ट आएपछि अमेरिकी सरकारले के के गरेको छ त? अमेरिकी चिकित्सक ह्यालनले जनवरीमा घरेलु महामारीको बारेमा प्रारम्भिक चेतावनी दिनुभएको थियो अनि फेब्रुअरीमा टेस्टको परिणाम अमेरिकी पर्यवेक्षण संस्थासमक्ष पेश गर्नुभएको थियो। तर उहाँले चुप लागेर परीक्षण रोक्ने निर्देशन पाउनुभयो त्यसबारे अमेरिकी महामारी नियन्त्रणका प्रमुख जिम्मेवार माइक पेन्सले व्याख्या गर्न सक्नुहुन्छ कि? महामारी फैलिए यता अमेरिकी शीर्ष कूटनीतिज्ञको रूपमा रहेका माइक पोम्पेओले अन्तर्राष्ट्रिय महामारी विरूद्ध तथा अमेरिकी सर्वसाधारणको स्वास्थ्यको लागि के गर्नुभयो त? मार्च २ तारिखदेखि अमेरिकी रोग नियन्त्रण केन्द्रले किन टेस्ट गरिएको तथा मृत्यु भएकाको सूचि सर्वजनिक गर्न रोकेको छ? पेन्स र पोम्पेओले ती कुनै पनि प्रश्नको जवाफ दिनसक्नु भएन। त्यसैले कस्ले महामारी अवस्थालाई लुकाएको हो भन्ने त निकै स्पष्ट देखिन्छ।

साथै त्यसबाट अमेरिकी राजनीतिक समाचार वेभसाइट "द दैनिक बीस्ट"मा सार्वजनिक भएको कुराको पनि प्रत्याभूति भएको छ अर्थात् एक गोप्य सन्देशका अनुसार, ह्वाइट हाउसले विभिन्न संघीय एजेन्सीसँग मिलेर चीनले लुकिछिपी विश्वमा महामारी फैलाउन लागेको भन्दै अफवाह फैलाइरहेको छ। साथै जे कुरालाई पनि चीनसँग सम्बन्धित रहेको दोहोर्याउन संघीय एजेन्सीहरूलाई आग्रह गरेको छ। उक्त रिपोर्टका अनुसार, ह्वाइटहाउसले चीनको गल्तीमा जोड दिएबाट महामारी नियन्त्रण कम्जोर भएको आफ्नो गल्तीलाई सबैको आलोचनाबाट विषयान्तर गरी चीनलाई बलिको बोका बनाउन खोजिरहेको छ। उनीहरूले सर्वसाधारणको ज्यान लिएर राजनीतिक षड्यन्त्र गरिरहेका छन् र अमेरिकाको दोस्रो अवसरको झ्याल पनि बन्द हुने जोखिम बढाइरहेका छन्।

जानकारी तथा लेखहरु