फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको विज्ञान तथा प्रविधि विश्वविद्यालयका सात जना विशेषज्ञहरुले एशिया-यूरोपका सात वटा मुलुकका विशेषज्ञहरुसँग आदान-प्रदान

(GMT+08:00) 2020-04-03 18:58:03

हिजो अप्रिल २ तारिखका दिन चीनको विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बद्ध प्रथम अस्पतालका सात जना विशेषज्ञहरूले भारत, पाकिस्तान, पोल्याण्ड, स्विट्जरल्याण्ड, जर्मनी, बेलायत र रूस यी सात वटा मुलुकका ७० भन्दा बढी विशेषज्ञहरूसँग भिडियोमार्फत विभिन्न देशहरूमा नयाँ कोरोना भाइरस महामारीको रोकथाम र नियन्त्रणमा साझा चासो रहेको समस्यामा आदान-प्रदान गरेका छन्।

चीनको विज्ञान तथा प्रविधि विश्वविद्यालयको सम्बद्ध प्रथम अस्पतालका कार्यकारी निर्देशक लिउ ल्येन सिनले भाइरसको कुनै राष्ट्रिय सीमा छैन र महामारीको पनि कुनै जाति छैन, भन्नुभयो। उहाँले महामारीलाई जित्न र जनताको सामान्य जीवन पुनर्स्थापित गर्नका लागि विश्वका विभिन्न देशहरूले सहयोगलाई सबल पार्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले चिनियाँ मेडिकल कर्मचारीहरू नयाँ कोरोना भाइरस महामारीको विरूद्ध प्रारम्भिक लडाईमा जम्मा भएको अनुभवलाई विभिन्न देशका विशेषज्ञहरूसँग शेयेर इच्छुक छन् र विश्वको महामारीमाथि जित्न आफ्नो योगदान पुर्‍याउन इच्छुक रहेको पनि औंल्याउनुभयो।

जानकारी तथा लेखहरु