फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा राष्ट्रिय श्रद्धान्जली कार्यक्रमको आयोजना

(GMT+08:00) 2020-04-04 10:44:42

आज अप्रिल ४ तारिख चीनको समाधिस्थल सफाइ पर्व अर्थात् छिङ मिङ पर्व हो। चिनियाँहरुले यस दिनमा मृत पुर्खालाई केही कुरा चढाउँछन्। सारा देशका विभिन्न जातीय जनताले नयाँ कोरोना भाइरसबाट गौरवपूर्ण मृत्युवरण गरेका शहीदहरू र जसबाट मृत्यु भएका सबै चिनियाँहरुप्रति गहिरो श्रद्धान्जली व्यक्त गर्नका लागि राष्ट्रिय श्रद्धान्जली कार्यक्रमको आयोजना गरेको छ। यस दिनमै सारा देश र विदेशका लागि राजदूतावास तथा वाणिज्यदूतावासमा झण्डा आधा झुकाउनुका साथै सबै सार्वजनिक मनोरञ्जनात्मक कार्यक्रमको बन्द गरेका छन्। बिहान दश बजेदेखि सम्पूर्ण चिनियाँहरुले शोक मनाउन तीन मिनेट मौनधारण गर्नुका साथै कार,रेल,जहाज र हवाई रक्षाको 'अलार्म' बजाएका छन्।

चीनले शहीदलाई नै राष्ट्र,समाज र जनताका लागि ज्यान गुमाउने नागरिकको सबैभन्दा सम्मानित उपाधि मान्दछ। हु पै प्रान्तीय सरकारले नयाँ कोरोना भाइरस संक्रमित निमोनियाको रोकथाम तथा नियन्त्रणको सबैभन्दा अग्रपंक्तिमा रहेर प्राण आहूति दिएका १४ जनालाई शहीदको उपाधि प्रदान गरेको छ। उक्त माहामारी नयाँ चीन स्थापनादेखिको फैलावट गति सबैभन्दा तीव्र, संक्रमण दायरा सबैभन्दा ठूलो र रोकथाम तथा नियन्त्रण काम सबैभन्दा गाह्रो भएको महत्वपूर्ण सार्वजनिक स्वास्थ्य घटना हो। यस अप्रिल ३ तारिख २४ बजेसम्म चीनमा नयाँ कोरोना भाइरस संक्रमित निमोनियाबाट हङकङका ४ र थाइवानका ५  जना गरी ३ हजार ३ सय ३५ जनाको मृत्यु भएको छ।

जानकारी तथा लेखहरु