फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकामा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ४ सय ७३

(GMT+08:00) 2020-04-04 16:29:39

जोन हप्किन्स विश्वविद्यालयबाट निकालिएको पछिल्लो तथ्याङ्क अनुसार, पूर्वी अमेरिकी समय बमोजिम अप्रिल ३ तारिख दिउँसो ४ बजेर ३२ मिनेट जाँदासम्म अमेरिकामा कोभिड-१९बाट संक्रमित संख्या २ लाख ७० हजार ४ सय ७३ पुगेको छ भने मृत्युको संख्या ६ हजार ८ सय ८९ पुगेको छ।

न्युयोर्क राज्यका गभर्नर अन्ड्रु कुओमोका अनुसार, तीन तारिखसम्म न्युयोर्क राज्यमा कोभिड-१९ संक्रमित संख्या १ लाख २ हजार ८ सय ६३ पुगेको छ भने आइसीयुमा भर्ना भएकाको संख्या ३ हजार ७ सय ३१ पुगेको छ। साथै न्युयोर्क राज्यमा मृत्युको संख्या जम्मा गरी २ हजार ९ सय ३५ पुगेको छ भने दुई तारिखभन्दा ५६२ ले बढेको छ र एकै दिन भएको मृतकको संख्याले पनि रेकर्ड बनाएको छ। साथै सोही दिन न्युयोर्क राज्यका अस्पतालमा भर्ना भएकाको संख्याले पनि सबैभन्दा बढीको रेकर्ड बनाएको छ।

हाल न्युयोर्क राज्यमा कृत्रिम भेन्टिलेटर लगायत उपकरणको अझै अभाव देखिन्छ भने विश्वबाट खरिद गर्ने क्रम बढिरहेको छ। कुओमोका अनुसार, न्युयोर्क राज्यमा भेन्टिलेटरको स्टक २२०० सेट छ तर वर्तमान चाहना बमोजिम अर्थात् प्रतिदिन ३५० संक्रमित बढेको हिसाबले छ दिनभित्र न्युयोर्क राज्यको समस्त स्रोतसाधन सकिहाल्नेछ।

अमेरिकी सीएनएनको रिपोर्टका अनुसार, अमेरिकी खाद्यान्न तथा औषधि प्रशासनले तीन तारिख सम्बद्ध मागको पूरा हुने आधारमा अमेरिकी चिकित्सा संस्थाले चिनियाँ केएन ९५ मास्कको प्रयोग गर्न स्वीकार गर्ने बताएको छ। उक्त वक्तव्यबाट यसअघि प्रशासनको अडान फेरिएको छ।

जानकारी तथा लेखहरु