फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको समर्पणमाथि झूठ्ठा निन्दा निन्दनीय

(GMT+08:00) 2020-04-04 19:02:44

अप्रिल चार तारिख चीनमा स्वर्गीयजनको सम्झना गर्ने परम्परागत पर्व छिङ मिङ पर्व हो। यसै दिन चीनले राष्ट्रिय श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरी कोभिड-१९ विरूद्ध लड्ने क्रममा सहादत प्राप्त गरेका र अन्य मृत सर्वसाधारणप्रति शोक व्यक्त गरेको छ। चीनमा ठूलो आपतकालीन सार्वजनिक स्वास्थ्य गतिविधि फैलिएकोले राष्ट्रिय श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको यो पहिलो पटक हो।

विगत दुई महिनाभन्दा लामो समयदेखि चीनले महामारीसँग कडा लडाईँ गर्दै आएको छ र चरणबद्ध महत्वपूर्ण उपलब्धि पनि हासिल गरेको छ साथै विश्वलाई मूल्यवान् समय पनि दिएको छ। त्यसको लागि चीनले ठूलो समर्पण गरेको छ। तथ्याङ्कका अनुसार, यस महामारीविरूद्ध लडाईँमा चीनका तीन हजार भन्दा बढीले ज्यान गुमाएका छन्। छिङ मिङ पर्वको दिनमा चीनले राष्ट्रिय श्रद्धाञ्जली अर्पण गरी शोक व्यक्त गरेबाट चीनले जनतालाई प्राथमिकतामा राखेर जीवनको सम्मान गर्ने विचार प्रतिबिम्बित भएको छ।

तर अपमानजनक कुरा भनेको बदमास पश्चिमा राजनीतिज्ञ र मिडियाले निजी हितको लागि वैचारिक पूर्वाग्रहको आधारमा चीनलाई बदनाम गरिरहेका छन्। अप्रिल १ तारिख आयोजित पत्रकार सम्मेलनमा विश्व स्वास्थ्य संगठनको आपतकालीन स्वास्थ्य कार्यक्रमका जिम्मेवार माइकल जे राइयनले चीनको डाटा अस्पष्टता सम्बन्धी आरोपको खण्डन गर्नुभयो। अमेरिकी मिडिया पर्यवेक्षण संगठन फेयरले चीनले नक्कली डाटा बनाएको भन्ने कुरा पूर्णतया झूठ भएको उल्लेख गरेको छ साथै मिडियाले स्वास्थ्य विशेषज्ञको भनाइको आधारमा सर्वसाधारणलाई सेवा दिनुपर्छ तर राजनीतिज्ञको होइन भन्ने कुरा पनि सो संगठनले भनेको छ। वाशिङ्टन पोष्टले हालै टिप्पणी प्रकाशित गरी अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ अमेरिकी इतिहासको सबैभन्दा नराम्रो विदेशमन्त्रीमध्येको एक हो भनेको छ।

वास्तवमा चीनले खुला, पारदर्शी, जिम्मेवारीको सिद्धान्तमा अमेरिका लगायत अन्तर्राष्ट्रिय समूहसँग सहयोग गरिरहेको छ। चीनले यस्तो गर्नुको उद्देश्य निकै सरल छ कि अरू बढीको ज्यान बचाउन सकियोस्।

यसअघि सम्पन्न जी २० कोभिड-१९ विरूद्ध विशेष शिखर सम्मेलनले पनि जोड दिएको छ कि महामारीको सामना गर्न पहिलाको भन्दा पनि बढी विश्वको मेलमिलाप, एकता र अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता छ। चिनियाँ समर्पण र मृतात्माथि कुनै पनि झूटो निन्दा सैह्य हुँदैन। छिटोभन्दा छिटो विश्वको महामारी पराजित गरी समस्त मृत आत्मालाई शान्ति दिलाउनुपर्छ।

जानकारी तथा लेखहरु