फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पदच्यूत गरिएका क्याप्टेनको पक्षमा अमेरिकी संचारमाध्यम र जनता

(GMT+08:00) 2020-04-05 17:33:39

यू.एस.एस. थिओडोर रूजबेल्ट सीभीएन-७१ का क्याप्टेन ब्रेट् क्रोजिअरलाई हालै बर्खास्त गरिएको छ। अमेरिकी नौ सेनाको उच्च-स्तरमा एउटा पत्र पठाएर जहाजमा नयाँ कोरोना भाइरसको महामारीबारे चेतावनी जारी गर्न र चालक दलको स्वास्थ्य सुरक्षाका लागि तत्काल कदम चाल्न माग गरेपनि उनीलाई पदबाट हटाइएको हो।

सनफ्रान्सिस्को क्रोनिकलले मार्च ३१ तारिख जारी गरेको एउटा समाचार अनुसार, क्याप्टेन ब्रेट् क्रोजिअरले मार्च ३० तारिख अमेरिकी नौ सेनाको उच्च-तहलाई यस्तो पत्र पठाउनुभएको थियो। त्यतिखेर युद्धपोतमा सयौं संक्रमित व्यक्तिहरू थिए। उहाँको पत्र जारी भएपछि पनि तत्काल समस्या समाधानको पहल भएन।

यो पत्रले अमेरिकी संचारमाध्यममा व्यापक चिन्ता जगाएको छ। दवावमा, अमेरिकी रक्षा विभागले युद्धपोतमा रहेका चालक दलको निरीक्षणलाई पनि अहिले तीव्र बनाइरहेको छ। तर क्याप्टेन ब्रेट् क्रोजिअरलाई पदच्यूत गरिएको छ। सो बारे "न्यूयोर्क टाइम्स"को एउटा लेखमा क्रोजिअरले आफ्नो चालक दलको स्वास्थ्य सुरक्षाका लागि पद नै त्यागिदिएकोले एक सम्मानित सैनिक भएको उल्लेख गरिएको छ। संचारमाध्यमबाहेक अमेरिकी जनताले सामाजिक सञ्जालमा क्याप्टेन ब्रेट् क्रोजिअरको समर्थन गरेका छन्।

जानकारी तथा लेखहरु