फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकामा कोभिड-१९ मृतकको संख्या ठूलो मात्रा बढ्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

(GMT+08:00) 2020-04-05 17:59:38

अप्रिल ४ तारिखका दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा आगामी दुई हप्ता अमेरिकी महामारीको रोकथाम तथा नियन्त्रणका लागि सबैभन्दा गम्भीर अवधि हुने चेतावनी दिँदै मृत्यु हुनेहरूको संख्या ठूलो मात्रामा बढ्नसक्ने टिप्पणी गर्नुभएको छ।

अमेरिकी जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार, अमेरिकी समय अप्रिल ४ तारिख दिउँसो सात बजेसम्ममा अमेरिकामा नयाँ कोरोना भाइरस निमोनियाका पुष्टि संख्या ३ लाख ८ हजार ८ सय ५० र मृतकको संख्या ८ हजार ४ सय ७ पुगेको छ।

ट्रम्पले सरकारी आवश्यकता पूरा नगर्ने कम्पनीहरूका लागि राष्ट्रिय "रक्षा उत्पादन कानून" प्रयोग गरिने पनि बताउनुभयो।

जानकारी तथा लेखहरु