फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको भेन्टिलेटर सहायताप्रति अमेरिकी न्यूयोर्क राज्यका गभर्नरको कृतज्ञता

(GMT+08:00) 2020-04-05 17:59:59

अप्रिल ४ तारिखका दिन न्यूयोर्क राज्यका गभर्नर एण्ड्रयु कोमोले नियमित पत्रकार सम्मेलनमा तीन तारिखसम्म कोभिड-१९बाट संक्रमित संख्या १ लाख १० हजार भन्दा बढी पुगेको बताउँदै मृत्यु हुनेको संख्या ३ हजार ५ सय ६५ पुगेको जानकारी दिनुभयो।

उहाँले हालसम्म न्यूयोर्क राज्यमा अझै पनि भेन्टिलेटरको अभाव रहेको बताउनुभयो। चीन सरकार र न्यूयोर्कका लागि चिनियाँ महावाणिज्यदूतावासको सहयोगमा, अलिबाबा फाउण्डेशन र छाइ छोङ्सिन फाउण्डेशनले संयुक्त रुपमा न्यूयोर्क राज्यलाई १ हजार भेन्टिलेटर सहयोग गरेको पनि उहाँले बताउनुभयो। उहाँले यस सहयोगका लागि चीनलाई धन्यवाद दिनुका साथै र यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु