फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले मेडिकल सामग्रीको निर्यातलाई सीमित नबनाउने

(GMT+08:00) 2020-04-06 17:05:36

चीनको वाणिज्य मन्त्रालयका जिम्मेवार व्यक्तिले अप्रिल पाँच तारिख चीनले मेडिकल सामग्रीको निर्यातलाई सीमित नबनाएको र सीमित बनाउने सोचाइ पनि नभएको बताउनुभयो। ती जिम्मेवार व्यक्तिकाअनुसार, चीन सरकारले मेडिकल सामग्रीको गुणस्तर सुरक्षामा महत्व दिइरहेको र महामारीको प्रतिरोध विशेष अवधिमा गुणस्तरको अनुमगन तथा व्यवस्थापनलाई बढाउनु निकै महत्वपूर्ण भएको छ।

चीनको वाणिज्य मन्त्रालयअन्तर्गत वैदेशिक व्यापार विभागका पहिलो स्तरीय निरीक्षक च्याङ फानले सोही दिन राज्य परिषदको संयुक्त रोकथाम र नियन्त्रण संयन्त्रको प्रेस सम्मेलनमा उक्त कुरा बताउनुभएको हो। उहाँले चीनले स्वदेशी महामारीको रोकथाम तथा नियन्त्रण गर्ने आधारमा सम्बन्धित मुलुक र क्षेत्रलाई समर्थन र मद्दत दिने आशा लिएको कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु