फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी इतिहासमा सबभन्दा पतित विदेशी मन्त्री माइक पोम्पेओ

(GMT+08:00) 2020-04-06 17:38:00

हालै अमेरिकी 'वासिङ्टन पोस्ट' समाचारपत्रले एक टिप्पणीकारको लेख प्रकाशित गर्दै वर्तमान विदेश मन्त्री माइक पोम्पेओको कडा शब्दमा आलोचना र व्यंग्य गरेको छ। सो लेखमा दोस्रो विश्व युद्धयता पोम्पेओभन्दा अझ कार्यकुशलतारहित विदेश मन्त्री पाउन गाह्रो हुन्छ र महामारीमा उहाँको कार्यबाट अमेरिकी इतिहासमा सबभन्दा खतम विदेश मन्त्री भएको उल्लेख छ। कोभिड-१९ महामारी भएयता पोम्पेओको कार्यबाट उहाँलाई यस्तो नाम दिइनु स्वाभाविकै हो।

ठट्टा तथा चोरी गर्ने पोम्पेओ पदमा आएपछि अमेरिकी कूटनीति दिनप्रतिदिन लिगबाट टाढा जान थाल्यो र चीन, रूस लगायतका ठूला मुलुकसँगको सम्बन्ध पनि चर्कँदै आएको छ। साथै अमेरिकाका पश्चिमी संगाती मुलुकसँग पनि मतभिन्नता फराकिलो बन्दै आइरहेको छ। यसै क्रममा अमेरका एकपक्षबादी बाटोमा हिँड्दै निकै टाढा पुगेको विश्लेषण गरिएको छ। विश्लेषकहरूले औंल्याए जस्तै पोम्पेओले ती कार्य गरेर उद्देश्य राष्ट्रपतिको आसनमा बस्ने कथित राजनीतिक महत्वाकांक्षा पूरा गर्नु रहेको छ।

महामारीपछि पोम्पेओले मौका पारेर चीनमाथि हिलो छ्याप्दै धेरै पटक खुला रूपमा भाइरसलाई 'वुहान भाइरस' भन्नुभएको छ र चिनियाँ सत्तारूढ पार्टी तथा राजनीतिक अवस्थामाथि 'युगको लागि धम्की' भन्ने कुरा बोल्दै आउनु भएको छ। उहाँले 'वुहान भाइरस' भन्ने शब्दलाई जी-७ विदेश मन्त्री सम्मेलनको वक्तव्यमा समावेश गराउन खोज्नुभयो। उहाँका ती कार्यहरूबाट के थाहा हुन्छ भने उहाँको आँखामा महामारी मनलाई दुखित पार्ने घटना होइन बरू राजनीतिक उद्देश्य पूरा गर्ने साधन हो। उहाँले भाइरसको नाउँमा चीनलाई शीतयुद्धको विचारबाट बारम्बार प्रहार गरिरहनुभएको छ। उहाँको ती कार्वाहीहरू देखेर अन्तर्राष्ट्रिय समाजलाई अचम्म लागेको छ साथै अमेरिकी कुलीन वर्गका व्यक्तिहरूले पनि उहाँप्रति चेतावनी र आलोचना गरेका छन्।

वास्तवमा पोम्पेओले चीनलाई मात्रै लक्ष्य बनाएका होइनन्। रूस, इरान लगायतका मुलुकहरूले अमेरिका सरकार सम्बन्धी नक्कली समाचार छरेको कुरा उहाँले धेरै पटक भन्नुभएको छ। 'वासिङ्टन पोस्ट'को लेखमा लेखे जस्तै ८ करोड इरानीहरूको सामु मानवीय उद्धारको कठिनाइ परेको बेला पोम्पेओ लगायतका राजनीतिज्ञहरूले नाकाबन्दीलाई खुकुलो पार्ने बेलायत लगायतका पश्चिमी मुलुकहरूको आह्वानको वास्ता नगरी महामारीलाई अति ठूलो दबाव दिने सुविधाजनक उपायको रूपमा प्रयोग गरिरहेका छन् जसबाट प्रशस्त सर्वसाधारणको मृत्यु देखा पर्ने सम्भावना छ।

हाल विश्वमा निश्चित कोभिड-१९ संक्रमित बिरामीको संख्या ११ लाख ३० हजार पुगेको छ। विश्वमा फैलिएको महामारीको नयाँ संक्रमित केन्द्र अमेरिकामा निश्चित भएको संक्रमितको संख्या ३ लाख २० हजार पुगेको छ। वर्तमान अवस्थामा अमेरिकी सरकार चाँडै महामारीको फैलावटको रोकथाम गर्दै सर्वसाधारणको मृत्युलाई घटाउने कार्यमा व्यस्त हुनुपर्ने हो। यसै सन्दर्भमा जिम्मेवारी अमेरिकी राजनीतिज्ञले स्वदेशी सर्वसाधारणलाई अझ बढी अन्तर्राष्ट्रिय सहयोग दिने प्रयास गर्नुका साथै विश्वव्यापी महामारी विरूद्ध सहयोगलाई अघि बढाउनुपर्छ।

तर पोम्पेओले चीनमा हिलो छ्यापेर आफ्नो राजनीतिक लाभ पाउने काममा निरन्तरता लागिरहनुभएको छ र विश्वव्यापी महामारी विरूद्ध सहयोगको बाधा बन्नुभएको छ। उहाँले अमेरिकाको लागि दुर्भाग्य तथा बदनामी मात्रै कमाइरहनुभएको छ।

जानकारी तथा लेखहरु