फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वव्यापी कोरोना महामारीलाई नियन्त्रणमा सबै एक हुन आवश्यक

(GMT+08:00) 2020-04-06 19:16:59

कोरोना भाइरस महामारी नयाँ चीनको स्थापना भएयता सबैभन्दा तीब्र रुपमा फैलिएको, सबैभन्दा फराकिलो परिधिमा संक्रमण भएको र सबैभन्दा अप्ठ्यारो रुपमा रोकथाम तथा नियन्त्रण गरिएको ठूलो आकस्मिक सार्वजनिक स्वास्थ्य घटना हो। महामारीका सामु कमरेड सी चिन फिङको केन्द्रमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले सशक्त नेतृत्व गरी चीनले सबैभन्दा चौतर्फी, सबैभन्दा गम्भीर र सबैभन्दा सम्पूर्ण रोकथाम तथा नियन्त्रण कदम चालेको छ। एक अर्ब चालीस करोड चिनियाँ जनताले एक भएर कठिनाइको सामना गरी महामारीसँग लडाइँ गर्दै ठूलो मूल्य चुकाएका छन्। चिनियाँ जनताको साझा प्रयासमा चीनको महामारीको रोकथाम तथा नियन्त्रण अवस्था निरन्तर रुपमा राम्रो बन्दैआएको छ। उत्पादन र जीवनको पुनःशुरु हुँदैआएको छ।

अहिले महामारी विश्वका धेरै क्षेत्रहरूमा तीब्र रुपमा फैलिएको छ। विश्वको सार्वजनिक स्वास्थ्य सुरक्षाको सामु ठूलो चुनौती देखापरेको छ। विश्व स्वास्थ्य संगठनले अप्रिल पाँच तारिख सार्वजनिक गरेको तथ्यांकअनुसार, विश्वमा कोरोना भाइरस निश्चित गरिएका विरामीको संख्या एघार लाख तीस हजार पुगेको छ। महामारीबाट प्रभावित भएका मुलुक र क्षेत्रको संख्या दुई सयभन्दा बढी पुगेको छ।

महामारी सिमाविहीन हुन्छ। महामारी जातीयताविहीन हुन्छ। एक भएर सहयोग गर्ने र हात मिलाएर सामना गर्ने मात्र अन्तर्राष्ट्रिय समाजले महामारीलाई पराजित गर्नसक्ने छ। महामारी भएयता चीनले मानव भाग्य समुदाय धारणाबमोजिम खुला, पारदर्शी, दायित्वपूर्ण अडानमा समयमै महामारी सार्वजनिक गरेको, विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय समाजसँग रोकथाम तथा नियन्त्रण र उपचार अनुभाव बाँडेको, वैज्ञानिक तथा प्राविधिक सहयोग बढाएको, विभिन्न पक्षलाई सहायता दिएको छ। अन्तर्राष्ट्रिय समाजले चीनको उच्च मूल्यांकन गरेको छ।

जानकारी तथा लेखहरु