फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बेलायती प्रधानमन्त्री गहन उपचार कक्ष (आईसीयु)मा

(GMT+08:00) 2020-04-07 10:55:47

स्थानीय समय अप्रिल छ तारिख राति कोभिड १९ संक्रमित भएको दश दिनपछि बेलायती प्रधानमन्त्री बोरिस जोनसनको स्थिति झनै कमजोर भएपछि आईसीयुमा भर्ना गरिएको छ। यसैबीच बेलायती विदेशमन्त्री डोमिनिक राबले कार्यवाहक प्रधानमन्त्रीको रूपमा जिम्मेवारी सम्हालिरहनुभएको छ।

थाहा भएअनुसार, ५५ वर्षका जोनसन होशमै रहेपनि उहाँको अवस्था थप गम्भीरू हुन नदिन आईसीयुमा स्थानान्तरण गरिएको हो। बेलायती प्रधानमन्त्री कार्यालयका प्रवक्ताका अनुसार, आईसीयुमा स्थानान्तरण गरिनुअघि प्रधानमन्त्री जोनसनले विदेशमन्त्री राबलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिनुभएको हो।

अमेरिकी राष्ट्रपति, फ्रान्सका राष्ट्रपति, इटालीका विदेश मन्त्री, पोल्याण्डका राष्ट्रपति, हंगेरीका प्रधानमन्त्री लगायत राष्ट्रनायकहरूले सामाजिक सञ्जालमार्फत जोनसनलाई शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

यसका साथै बेलायती र विभिन्न मुलुकका जनताले पनि सार्वजनिक सञ्चारमाध्यमद्वारा बोरिस जोनसनको सुस्वास्थ्यका लागि प्रार्थना र शुभकामना दिएका छन्।

जानकारी तथा लेखहरु