फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चुनौतिलाई अवसरमा परिणत गर्ने चिनियाँ कदम

(GMT+08:00) 2020-04-07 16:29:56

विभिन्न मुलुकमा कोभिड १९ महामारी फैलिइरहेको छ। अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापारिक गतिविधिमा यसले गम्भीर असर पारेको छ। चीनको आर्थिक विकासको सामु पनि नयाँ चुनौती देखापरेको छ।

हालै चीनका राष्ट्राध्यक्ष सी चिन फिङले पूर्वी चीनको च च्याङ प्रान्तको निरीक्षण गर्नुभयो। उहाँले "चुनौति"बारे ब्याख्या गर्दै "चुनौति र अवसरको सहअस्तित्व रहेको र चुनौति पार गरेपछि अवसर आउने" बताउनुभयो।

महामारीका कारण धेरै जनाको जीवनशैलीमा परिवर्तन आएको छ। महामारीको अवधिमा दूर सञ्चारका काम, अनलाइन शिक्षा, विरामीको अनलाइन परामर्श, स्मार्ट उत्पादन लाइनआदि नयाँ ढाँचामा चीन तीब्र रुपमा प्रयोग गर्न थालेको छ। डिजिटल प्रविधिको प्रयोग महामारीको अनुगमन तथा विश्लेषण, रोकथाम र उपचारआदि क्षेत्रहरूको महत्वपूर्ण टेवा बनेको छ।

सन् २०१५ र सन् २०१८ मा चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले स्मार्ट उत्पादन योजना प्रस्तुत गरेका थिए। महामारीको प्रतिरोध गर्नका लागि चीनले छोटो समयमा सामग्री अभाव अवस्था मोडेका कारण मोटर गाडीजस्तै स्मार्ट उत्पादन उद्योग-व्यवसायहरूले रुपान्तरण गरी मास्क र भेन्टिलेटरको उत्पादन गरेका छन्।

स्वदेशी र विदेशी महामारीको त्रास-धम्की र अर्थतन्त्र घट्ने जोखिमको प्रतिरोध गर्नका लागि चुनौतिमा अवसर खोज्नुपर्छ र चुनौतिलाई अवसरमा रुपान्तरण गर्नुपर्छ।

जानकारी तथा लेखहरु