फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा रहेका विदेशीलाई चिनियाँ समान व्यवहार

(GMT+08:00) 2020-04-07 18:59:08

कोभिड-१९ महामारी भित्रिन नदिन चीनले विदेशीलाई प्रवेश नियन्त्रण गरेयता चीनमा केही विदेशीले भेदभाव भएको गुनासो गरेको केही संचारमाध्यमले जनाएका छन्। यसबारे चर्चा गर्दै चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ लीच्यानले चीनमा रहेका विदेशीको सुरक्षा तथा स्वास्थ्यमा महत्व दिइरहेको र उनीहरूको बैधानिक हक-अधिकारको प्रत्याभूति कानुन वमोजिम गरिरहेको औँल्याउनुभयो। अप्रिल ७ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा उहाँले उक्त कुरा बताउनु भएको हो। महामारी भएयता चीनका विभिन्न मन्त्रालय तथा स्थानीय सरकारले सकेसम्म दैनिक जीवन, महामारीको नियन्त्रण तथा उपचार क्षेत्रमा उनीहरूको मागलाई प्रत्याभूति दिइरहेका छन् र चीनमा रहेका संक्रमित विदेशीहरूको उपचारमा चिनियाँ जस्तै समान व्यवहार गरिरहेको पनि प्रवक्ता चाउले बताउनुभयो।

प्रवक्ता चाउले जानकारी दिए अनुसार, चीनमा रहेका अधिकांश विदेशीले चिनियाँसँगै ऐक्यबद्धता जनाइरहेका छन् र चीनले गरेको हेरचारप्रति धन्यवाद ज्ञापन गरेको साथै चीनले चालेका महामारीको रोकथाम तथा नियन्त्रण कदमहरूको स्वीकार गर्दै सहयोग गरिरहेका छन्। यसका साथै उनीहरूमध्य धेरैजसो महामारी विरूद्ध संघर्षमा भाग लिएको मन छोएको कथा सुनाएका छन्।

महामारीको विकास अवस्था वमोजिम चीनले विदेशबाट आएका व्यक्तिहरू चीनमा प्रवेश भएपछि चालिने परीक्षण तथा क्वारेन्टाइन कदमको समन्वयन गर्नुको उद्देश्य वर्तमान महामारी अवस्थामा अरू मुलुकको कदमको सन्दर्भमा बाध्य भएर चालेका अस्थायी कदम हो। चिनियाँ नागरिक होस वा विदेशी एउटै रूपमा व्यवहार चीनले गरिरहेको छ। यसै क्रममा उनीहरूको धर्म, चालचलनको पनि सम्मान चीनले गरिरहेको छ। चीनमा रहेका विदेशीले आफू र अरूको स्वास्थ्य तथा सुरक्षाको राम्रोसँग संरक्षण गरेर महामारीलाई जित्न आफ्नो योगदान दिने आशा पनि प्रवक्ता चाउले गर्नु भएको छ।

जानकारी तथा लेखहरु