फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिकित्सा सहायतामा कुनै पनि पूर्वशर्त नराखेको परराष्ट्र मन्त्रालयको स्पष्टोक्ति

(GMT+08:00) 2020-04-07 19:00:51

अमेरिकी प्रतिनिधि सभाका सांसद मार्क ग्रीनले हालै अन्तर्वार्ता दिँदै आफूले थाहा पाएअनुसार, चीनले फ्रान्सले ह्वा वै उपकरणद्वारा फाइभ जी इन्टर्नेटको निर्माण गर्नलाई पूर्वशर्तको रुपमा राखेर फ्रान्सलाई मास्क उपलब्ध गराउने कि नगराउने निर्णय गरेको कुरा बताउनु भएको छ।

यसबारे चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली चेनले अप्रिल सात तारिख नियमित पत्रकार सम्मेलनमा अमेरिकी सांसदको भनाइबाट अमेरिकी केही राजनीतिज्ञहरूले महामारीको प्रतिरोधसम्बन्धी अन्तर्राष्ट्रिय सहयोग भंग गर्न र चीन र फ्रान्सआदि मुलुकसँगको सम्बन्ध भंग गर्न झुटा सूचना फैलाएको कुरा प्रमाणित भएको बताउनुभयो।

प्रवक्ता चाउले कोरोना भाइरस भएयता चीन र फ्रान्सका राष्ट्रनायकहरूले तीन पटक टेलिफोन वार्ता गर्नुभएको कुराबाट दुई मुलुकको पारस्परिक विश्वास र दुई मुलुकको सम्बन्धको नयाँ स्तर देखिएको बताउनुभयो। चीनले फ्रान्सलाई मेडिकल सामग्री उपलब्ध गराएको, फ्रान्सले चीनमा मेडिकल सामग्रीको खरीद गर्नका लागि सुविधा उपलब्ध गराएको र चीनले कुनै पनि पूर्वशर्त नराखेको प्रवक्ता चाउले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु