फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ रेलवै वुहान व्युरोः ८ तारिख ५५ हजार यात्रु वुहान छुट्ने रेलमा

(GMT+08:00) 2020-04-08 10:51:08

हुपैको वुहान सहर अप्रिल ८ तारिखदेखि लकडाउनबाट मुक्त भएर यातायात पनि सुव्यवस्थित रुपमा पुनः शुरु भएको छ। वुहानबाट छुट्ने यात्रुले हुपै स्वास्थ्य कोड लिएर सुरक्षित र सुव्यवस्थित रुपमा आवतजावत गरेका छन्। सोही दिन वुहान सहरका उछाङ्ग रेलवै स्टेशन, वुहान रेलवै स्टेशन, हान खौ रेलवै स्टेशन पुनः खुला भएर स्वास्थ्य कोड सहित तापक्रम नाप्नुका साथै परिचय पत्र जाँचबुझ गराएर यात्रुहरूले रेलयात्रा गर्न थालेका छन्।

चिनियाँ रेलवै वुहान व्युरोका सम्बन्धित विभागका जिम्मेवार व्यक्तिका अनुसार, अप्रिल ८ तारिख २७६ वटा रेल वुहानबाट शाङहाई, शनचन, छङतु आदि गन्तव्यतर्फ छुट्दैछन्। हिजो ७ तारिख बिक्री गरिएको टिकट अनुरूप आज ८ तारिख लगभग ५५ हजार यात्रुहरूले वुहानबाट बाह्य गन्तव्यका लागि रेलयात्रा गर्नेछन्।

जानकारी तथा लेखहरु