फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र बंगलादेशका परराष्ट्र मन्त्रीहरूबीच टेलिफोन वार्ता

(GMT+08:00) 2020-04-08 16:38:16

चीनको राज्य परिषदका सदस्य एवं परराष्ट्र मन्त्री वाङ यीले अप्रिल ७ तारिख बंगलादेशका विदेश मन्त्री एके अब्दुल मोमेनसँग टेलिफोन वार्ता गर्नुभएको छ। मन्त्री वाङले महामारीको विकासअनुसार बंगलादेशलाई चीनले अझै धेरै सहयोग दिने बताउँदै महामारीको प्रतिरोध सूचना र अनुभव बाँड्ने कुरा उल्लेख गर्नुभयो। उहाँले बंगलादेशलाई महामारीको प्रतिरोध गर्न चिकित्सा विशेषज्ञ टोली पठाउने कुरा पनि बताउनुभएको छ।

चीनले दक्षिण एशियाको महामारीको विकासमा उच्च ध्यान दिएको बताउँदै बंगलादेश सरकारले चाँडै रोकथाम तथा नियन्त्रण बढाउने प्रस्ताव प्रस्तुत गरेको बताउनुभयो। दायित्वपूर्ण मुलुकको रुपमा चीनले बंगलादेशलगायतका छिमेकी मुलुकहरूसँग मिलेर भाइरससँग लडाइँ गर्ने, महामारीबाट विश्व अर्थतन्त्रमा पर्ने त्रास-धम्कीको प्रतिरोध गर्ने कुरा वाङ यीले व्यक्त गर्नुभयो। वाङ यीकाअनुसार, बंगलादेशका प्रधानमन्त्री शैख हासिनाको नेतृत्वमा बंगलादेश सरकार र जनताले महामारीलाई पराजित गर्नसक्ने छन्। चीन र बंगलादेशको मित्रता महामारीको प्रतिरोध क्रममा बलियो हुनेछ।

वंगलादेशी विदेशमन्त्री मोमेनले महामारीको प्रतिरोध गर्न चीनले गरेको प्रयासले विश्वको विभिन्न मुलुकका लागि नमूना सिर्जना गरेको ठहर गर्नुभयो। चीनले महामारीको प्रतिरोध गर्नका लागि दिएको सहयोगप्रति बंगलादेशले कृतज्ञाता ज्ञापन गरेको पनि उहाँले बताउनुभयो। बंगलादेशले मास्क र भेन्टिलेटरआदि सामग्री क्षेत्रमा चीनको समर्थन पाउनसक्ने आशा लिएको बताउनुभयो।

जानकारी तथा लेखहरु