फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वुहानमा लोकडाउन हटाइएपछि विश्वमा महामारी जित्ने आशा प्रदर्शन

(GMT+08:00) 2020-04-08 17:28:14

अप्रिल ७ तारिख मध्यरातदेखि वुहानबाट अन्यत्र जाने बाटो खुलेको छ। वुहान शहरबाट अन्यत्र जाने ७५ वटा बाटोको नियन्त्रण एकैसाथ रद्द गरिएको हो। याङसी नदिको किनारमा २५ किलोमिटर लामो बत्तिको प्रदर्शनी शुरू भएर जहाजहरूमा पनि बत्ती बालिए। गत जनवरी २३ तारिखदेखि वुहानमा विमानस्थल, रेलस्टेशन लगायत वुहानबाट अन्यत्र जाने बाटो बन्द भएयता अप्रिल ७ तारिख मध्यरातसम्म गरी ७६ दिन बितिसकेको छ। याङसी नदिमा चीनको यातायात केन्द्र वुहान शहर कोभिड-१९ बाट सबभन्दा गम्भीर रूपमा प्रभावित भएको शहर बसन्त ऋतुमा आफ्नो जीवन्त शक्ति देखाउन थालेको छ।

अक्सफर्ड विश्वविद्यालयको एक अनुसन्धानबाट हेर्दा चीनमा कोभिड-१९ को शुरूमा प्रतिबन्ध लगायत विविध कदम नचालेको भए वुहानबाहेकका क्षेत्रमा थप ७ लाख संक्रमित हुन्थे। २ महिनाको महामारी संघर्षपछि चीन महामारीको नियन्त्रण चरणबाट रोगको अवस्थामा लचिलो पार्ने चरणमा प्रवेश भएको विश्व स्वास्थ्य संगठनले अप्रिल ५ तारिख जनाएको छ।

वुहानमा लकडाउन खुले तापनि महामारी विश्वमा फैलिँदै छ। बढी भन्दा बढी मानिसहरूमा चेतना आएको छ कि चीनले ठूलो त्याग गरेर महामारीको प्रतिरोधमा पाएको अनुभव निकै मूल्यवान छ।

चीन सरकारको ठूलो समन्वयन क्षमता, चिनियाँ जनताको ऐक्यबद्धता र महामारी नियन्त्रणको गम्भीर कार्यान्वयन नै चीनले महामारीको सफल नियन्त्रण गरेका ३ वटा मुख्य कारण हुन् भन्ने कुरा विदेशी संचारमाध्यमहरूले जनाएका छन्।

भाइरसले सम्पूर्ण मानवजातिमा फैलिन्छ र भाइरससामुख जनजाति र छालाको रङ्गको भिन्नता हुँदैन। महामारी गम्भीर भएको वुहानमा लकडाउन हटाइएको छ। विश्वका विभिन्न मुलुकका जनता ऐक्यबद्धता जनाएर बैज्ञानिक, निष्पक्ष र सहयोगात्मक धारणा लिएर महामारीलाई जित्ने घडी अवश्य नै छिटै आउनेछ।

जानकारी तथा लेखहरु