फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र अमेरिकासँग महामारीको रोकथाम सहयोग गर्न आव्हान गरिएकोमा चिनियाँ परराष्ट्र मन्त्रालयको जवाफ

(GMT+08:00) 2020-04-08 18:34:24

लगभग सय जना अमेरिकी रणनीतिक व्यक्तिहरूले हालै संयुक्त वक्तव्य प्रकाशित गरी अमेरिका र चीनसँग महामारीको रोकथाम सहयोग गर्न आव्हान गरेका छन्। यसबारे पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिँदै चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली चेनले अप्रिल ८ तारिख अमेरिकी रणनीतिक व्यक्तिहरूले चीन र अमेरिकाले मिलेर कोरोना भाइरसको प्रतिरोध गर्ने आशा लिएका र यो महामारी फैलिनबाट रोक्नका लागि महत्वपूर्ण भएको ठहर उनीहरूले लिएकामा चीनले यसको प्रशंसा र स्वागत गरेको बताउनुभयो।

चाउले अन्तर्राष्ट्रिय समाजले सहयोग गरे मात्र महामारीलाई पराजित गर्नसकिने भन्दै चीनले "मानव भाग्य समुदाय"को धारणाबमोजिम अमेरिकालगायत विभिन्न मुलुकसँग महामारीको प्रतिरोधको सहयोग गर्ने र विश्वको सार्वजनिक स्वास्थ्य सुरक्षाको संयुक्त रुपमा संरक्षण गर्ने औँल्याउनुभयो।

अमेरिकाले चीनसँग मिलेर दुई मुलुकका राष्ट्रनायकहरुबीच प्राप्त महत्वपूर्ण सहमतिबमोजिम महामारीको प्रतिरोध क्षेत्रको सहयोगलाई बढाउने आशा चीनले लिएको कुरामा उहाँले जोड दिनुभयो।

जानकारी तथा लेखहरु