फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मास्कको लुटपाट गरेको अमेरिकामा राष्ट्रिय स्वार्थ शिखरमा

(GMT+08:00) 2020-04-08 19:39:38

मास्कको युद्ध पदालवीको हालै अमेरिकी संचारमाध्यम सी.एन.एन.ले वर्तमान महामारीको अवस्थाबारे गरेको वर्णन हो। कोभिड-१९ महामारी देखा परेयता अमेरिकाले अरू मुलुकको मास्क लगायतका चिकित्सा सामग्रीलाई रोकेर राखेको समाचार बारम्बार आइरहेको छ। यूरोपदेखि दक्षिण-अमेरिकासम्मका मुलुकहरुमा अमेरिकाले लुटपाट गरेको छ। त्यसरी लुटपाट गरेका मुलुकहरूमध्ये केही अमेरिकाका संगाती मुलुकहरू पनि छन्।

अमेरिकाको लुटपाट कार्वाही देखेर विभिन्न मुलुकले बाध्य भएर असामान्य तरिकाले सामग्रीको संरक्षण गरिरहेका छन्। वास्तवमा अरूको सामग्रीको लुटपाट गर्नुका साथै अमेरिकाले कोरियाली युद्धको अवधिमा राखेको 'देशको रक्षा उत्पादन कानुन'को पनि प्रयोग गरेर स्वदेशबाट उत्पादित चिकित्सा सामग्रीको निर्यातलाई पनि रोक्का गरेको छ। 'हामीलाई ती मास्कहरू चाहिन्छ र अरूले पाउने आशा नगरे हुन्छ।' अमेरिकी नेताको यो भनाइबाट अमेरिकाको राष्ट्रिय स्वार्थ शिखरमा पुगिसकेको प्रतिविम्वित हुन्छ। यस सम्बन्धमा अमेरिकाका संगाति मुलुकहरूले आफूहरु निराश भएको बताएका छन्।

महामारीको नियन्त्रण एउटा ऐना हो जसबाट केही अमेरिकी राजनीतिज्ञहरू स्वार्थी र कुरुप अनुहार देख्न सकिन्छ। अन्तर्राष्ट्रिय समाजले पनि कथित 'अमेरिकालाई प्राथमिकता' को वास्तविक अर्थ बुझेको छ कि अन्तर्राष्ट्रिय पारिपाटी र कथित संगाती मुलुक सबैले अमेरिकी राष्ट्रिय हितको सेवा गर्नुपर्छ। यूरोपको लागि अमेरिकाको सामना गर्दा यूरोपेली संघ परिषदका पूर्व अध्यक्षले भन्नुभए जस्तै 'अमेरिका जस्तो साथी जसले शत्रुको व्यवहार गर्छ।'

जानकारी तथा लेखहरु