फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सी र टर्कीका राष्ट्रपति एर्डोनबीच टेलिफोन वार्ता

(GMT+08:00) 2020-04-09 16:35:28

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले अप्रिल आठ तारिख टर्कीका राष्ट्रपति रिसेप टाइप एर्डोनसँग टेलिफोन वार्ता गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले चीन सरकार र चिनियाँ जनताको तर्फबाट टर्की सरकार र टर्कीका जनतालाई अभिवादन र समर्थन व्यक्त गर्नुभयो। उहाँले चीनले टर्कीलाई महामारीको प्रतिरोध सामग्रीको सहायता दिइसकेको र दुई मुलुकका चिकित्सा विशेषज्ञहरूले भिडियो कन्फेरेन्मार्फत महामारीको प्रतिरोध अनुभव बाँडेका कुरा बताउनुभयो। चीनले टर्कीलाई चीनमा मेडिकल सामग्रीको खरीद गर्न सहायता र सुविधा उपलब्ध गराउने कुरा सीले व्यक्त गर्नभुयो।

एर्डोनले कोरोना भाइरस महामारीको प्रतिरोध मानवको सामु देखापरेको साझा लडाइँ हो भन्दै चिनियाँ जनताले महामारीलाई पराजित गरेको र विश्वका लागि नमूना सिर्जना गरेको बताउनुभयो।

जानकारी तथा लेखहरु