फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यउक्ष सी र दक्षिण अफ्रिकी राष्ट्रपति रामापोसाबीच टेलिफोन वार्ता

(GMT+08:00) 2020-04-09 16:35:57

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले अप्रिल आठ तारिख बेलुकी दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसासँग टेलिफोन वार्ता गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले चीनमा कोरोना भाइरस महामारी भएपछि दक्षिण अफ्रिकी सरकार र अफ्रिकाको विभिन्न पक्षले विविध तरीकामार्फत चीनलाई सहयोग र समर्थन गरेको बताउनुभयो। चीनले दक्षिण अफ्रिकाको आवश्यकताबमोजिम सहयोग दिने र दक्षिण अफ्रिकासँग रोकथाम तथा नियन्त्रण अनुभव बाँड्ने पनि सीले बताउनुभयो।

राष्ट्रपति रामापोसाले चीनले सशक्त कदम चालेको र महामारीको नियन्त्रण गरेको भन्दै चीनले अरु मुलुकलाई नमूना सिर्जना गरेको कुरामा जोड दिनुभयो। लामो समयमा चीनले दक्षिण अफ्रिका र अफ्रिकाला२ दिएको विभिन्न समर्थनप्रति कृतज्ञाता ज्ञापन गरेको पनि बताउनुयो।

जानकारी तथा लेखहरु