फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बेलायतका लागि चिनियाँ राजदूतावासद्वारा चीनलाई बदमान नगर्न आव्हान

(GMT+08:00) 2020-04-09 18:44:33

बेलायतका लागि चिनियाँ राजदूतावासका प्रवक्ताले अप्रिल ८ तारिख बेलायतको हाउस अफ कमनको कुटनीतिक समिति र केही राजनीतिज्ञले शित युद्ध विचार त्याग्न, चीनलाई बदमान गर्ने कार्य रोक्न, चीनले महामारीको प्रतिरोधमा गरेको प्रयास र हासिल गरेको उपलब्धि वस्तुगत र निष्पक्ष रुपमा हेर्न र चीन र बेलायतबीचको महामारी प्रतिरोध सहयोग र विश्वको सार्वजनिक स्वास्थ्य सुरक्षाका लागि सकारात्मक उर्जा उपलब्ध गराउन आव्हान गरेका छन्।

बेलायतको हाउस अफ कमनको कुटनीतिक समितिले अप्रिल ६ तारिख कोरोना भाइरस महामारीसम्बन्धी प्रतिवेदन प्रकाशित गरी चीनले विश्वको महामारीको प्रतिरोधमा गरेको ठूलो प्रयास र योगदानलाई वेवास्ता गर्दै चीनले महामारी लुकाउने काम गरेको भनेर बदमान गरी अवास्तविक सूचना फैलाएको छ। आधारहीन रुपमा चीनलाई भाइरसको उदगम स्थलको रुपमा औँल्याएको छ। यसबारे चीन स्तब्ध भएको छ।

बेलायतका लागि चिनियाँ राजदूतावासका प्रवक्ताले कोरोना भाइरसको उदगम समस्या गम्भीर र जटिल वैज्ञानिक समस्या हो भन्दै विशेषज्ञद्वारा वास्तविकताबमोजिम वैज्ञानिक मूल्याङ्कन गरिनुपर्ने र विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय समाजले भाइरसलाई मुलुक तथा क्षेत्रसित नजोड्न आव्हान गरेको स्मरण गराएका छन्।

विश्व स्वास्थ्य संगठनको मूल्यांकनअनुसार, चीन सरकारले सशक्त र आकस्मिक कदमले ठूलो संख्यामा जनता संक्रमित हुन जोगिएका छन्। धेरै मुलुकहरुकाअनुसार, चीनको अनुभव र कारवाहीले अरु मुलुकहरूलाई उपाय उपलब्ध गराएको छ। "विज्ञान" पत्रिकाले हाल बेलायत, अमेरिका लगायतका मुलुकका वैज्ञानिकहरूको साझा प्रतिवेदन प्रकाशित गरी चीनको रोकथाम तथा नियन्त्रण कदमले भाइरस फैलिने शृङ्खला भंग गरेको उल्लेख गरेको छ।

बेलायतका लागि चिनियाँ राजदूतावासका प्रवक्ताले विशेष अवधिमा विभिन्न मुलुकले सहयोग गरी वर्तमान कठिनाइको समाधान गर्नुपर्ने कुरामा जोड दिएका छन्।

जानकारी तथा लेखहरु