फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमाथि हिलो छ्याप्ने कार्य महामारी नियन्त्रण अन्तर्राष्ट्रिय सहयोगमा अहित

(GMT+08:00) 2020-04-09 18:58:58

हालै क्यानाडाका केही संचारमाध्यमले केही अमेरिकी राजनीतिज्ञकै लयमा कोभिड-१९ महामारीलाई राजनीतीकरण गर्दै भाइरसमाथि लेबल लगाएको र चीनलाई वेदनाम बनाएका छन्। क्यानाडाका लागि चिनियाँ राजदूताबासका प्रवक्ताले स्थानीय समय अप्रिल ८ तारिख बोल्दै ती संचारमाध्यमबाट छरिएका 'चिनियाँ भाइरसको श्रोत', 'चीन पारदर्शी नभएको' र 'चीनमा नेतृत्व हस्तान्तरण' भन्ने विविध भनाइ बकवास रहेको औंल्याएका छन्। ती संचारमाध्यमहरूले चीनको राष्ट्रियतालाई बंग्याउन खोजेका छन्। चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनता बीचको सम्बन्धलाई पनि बिगार्न खोजेकोप्रति दूताबासले असन्तोष र कडा विरोध गरेको प्रवक्ताले व्यक्त गरेका छन्।

हालसम्म चीन सरकारले विश्वका १२० वटा मुलुक तथा अन्तर्राष्ट्रिय संगठनलाई चिकित्सा मास्क, एन९५ मास्क, संरक्षण पोशाक, ट्रेस्टिङ किट र भेन्टिलेटर लगायतका सामग्री सहयोग गरिसकेको छ। केही मुलुक तथा अन्तर्राष्ट्रिय संगठनको माग अनुसार चीनले मानवतावादी भावना लिएर मानवजातिको साझा भाग्य समुदायको विचारलाई व्यवहारमा उतारेको हो। आफ्नो मित्र कठिनाइमा परेको बेला चीन टुलुटुलु हेर्ने होइन सहयोग गर्दा स्वार्थपूर्ण विचार बोक्दैन।

भाइरस सिमा विहिन र जनजातिको भिन्नतासँग सम्बन्धित छैन। एक्यबद्धता जनाउने घडीमा र तथ्यको सम्मान गर्ने घडीमा सँगसँगै मिलेर महामारीको प्रतिरोध गर्नुपर्छ। महामारीको नियन्त्रणमा वास्तविक ध्यान दिने संचारमाध्यमले चीनमाथि हिलो छ्याप्नुको सट्टामा महामारीको फैलावट हुन नदिने कुरामा ध्यान दिनुपर्छ।

जानकारी तथा लेखहरु