फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व स्वास्थ्य संगठनमा आधारहिन आरोप लगाएको अमेरिकी उद्देश्य

(GMT+08:00) 2020-04-09 19:46:42

हालै अमेरिकी सरकारका उच्च तहले बारम्बर रूपमा विश्व स्वास्थ्य संगठनलाई लक्षित गरी आरोप लगाइरहेका छन्। अमेरिकी नेताले पटकपटक सो संगठनले अमेरिकालाई दिएको महामारी नियन्त्रण सुझाव गलत भएको भन्दै नकार्दै आएका छन्। विश्व स्वास्थ्य संगठनलाई प्रदान गर्ने पूँजी समर्थनलाई हटाउने विचार पनि अमेरिकी नेताले व्यक्त गरेका छन्। अमेरिकी विदेश मन्त्री माइकल पोम्पेओले अप्रिल ८ तारिख विश्व स्वास्थ्य संगठनलाई दिने रकम बारेमा पुनः विचार गर्ने धम्की दिनु भएको छ।

यसै सम्बन्धमा बेलायतको गार्जियन समाचारपत्रले अप्रिल ८ तारिख लेकेको छः महामारीको प्रभावमा अमेरिकी सरकारले पटक पटक आफ्नो जिम्मेवारीलाई पन्साउने गरिरहेको छ। हाल जिम्मेवारी विश्व स्वास्थ्य संगठनले गर्नुपर्ने दाबी गरेको छ। विश्वव्यापी निश्चित संक्रमित संख्या बढ्दै गइरहेको बेला अमेरिकाको यस्तो कारवाहीले स्वदेशमा महामारीबाट आउने दबावलाई कम गर्न नसकेको र विश्वमा महामारी विरूद्ध सहयोगमा पनि ठूलो बाधा पुर्‍याएको छ।

अमेरिकाको उक्त आधारहिन आरोपको जवाफ दिँदै विश्व स्वास्थ्य संगठनका महाप्रबन्धक टेड्रोस घेब्रेयेसुसले भन्नुभयोः महामारीको प्रयोग गरेर राजनीतिक प्रहार गर्नु आफूलाई क्षति पुर्‍याउनु हो। महामारीबाट मृत्यु रोक्ने हो भने भाइरस र राजनीतिलाई पूर्ण रूपमा अलग राख्नुपर्छ।

महामारीको नियन्त्रणमा अमेरिकाले गरेको काम अपूर्ण र जिम्मेवारीबाट पन्सिने खालेको र अमेरिकाले विश्व स्वास्थ्य संगठनमाथि लगातार प्रहार गरिरहेको अर्को उद्देश्य आफ्नो अन्तर्राष्ट्रिय कार्यभारलाई पन्छाउनु रहेको छ। गत फेब्रुअरीमा अमेरिका सरकारले सन् २०२१ को बजेट प्रतिवेदनमा विश्व स्वास्थ्य संगठनलाई दिने शुल्क १२ करोड ३० लाखबाट घटाएर ५ करोड ८० लाख अमेरिकी डलर बनाउने प्रस्ताव गरेको थियो। सो संगठनको सबभन्दा ठूलो पूँजी प्रदायक मुलुक भएतापनि अमेरिकाले शुल्क तिर्न सधैँ आलटाल गर्छ। गत फेब्रुअरी २९ तारिखसम्म अमेरिकाले तिर्न बाँकी सदस्यता शुल्क कूल रकमको ७० प्रतिशत पुगिसकेको छ। रकम नदिने भन्दै अमेरिकाले धम्की दिइरहेको छ जसले अमेरिकाको हितलाई सम्पूर्ण विश्वको सार्वजनिक हितमाथि राखेको छ।

वर्तमान विश्वमा महामारी एशिया, अफ्रिका तथा ल्याटिन-अमेरिका क्षेत्रमा फैलिँदै छ र सार्वजनिक स्वास्थ्य श्रोतको कमी चर्कँदै आइरहेको पृष्ठभूमिमा व्यापक विकासोन्मुख मुलुकहरूका लागि जरूरी बाह्य सहयोगको आवश्यकता देखिन्छ। यसै घडीमा विश्वमा एउटै मात्र सुपर पावर अमेरिकाले क्रूर रूपमा अरू मुलुकको महामारी विरूद्ध सामग्रीलाई लुटेको र छिमेकी मुलुकलाई मास्क निर्यात गर्न निषेध गरेको छ। यसअघि वचन दिएको १० करोड अमेरिकी बराबर बैदेशिक सहयोग पनि कार्यान्वयनमा आएको छैन। अमेरिकाले एकपक्षीय कार्वाही गर्दै विश्व स्वास्थ्य संगठनलाई धम्की दिइरहेकाले अन्तर्राष्ट्रिय क्षेत्रमा महामारी प्रतिरोधी सहयोगसामु खतराजनक संकेत देखिएको छ। यसले अमेरिकी लगायत विभिन्न मुलुकका जनताको हितमा क्षति पुर्‍याउँदै जान्छ।

विश्वमा महामारीको नयाँ केन्द्र अमेरिकाले यस युद्धमा जित्न आफ्नो मात्र भर पर्नु असफल हुने स्वाभाविक छ। यस्तो अवस्थामा पनि अमेरिकाले गलत निर्णय र कार्वाहीमा निरन्तरता दिँदै जान्छ त?

जानकारी तथा लेखहरु