फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वमा महमामारीको प्रतिरोध गर्नमा चिनियाँ अनुभवले काम गर्ने बिल गेट्सको भनाइ

(GMT+08:00) 2020-04-10 18:50:56

अमेरिकी गेट्स कोषका सह-अध्यक्ष बिल गेट्सले अप्रिल ९ तारिख चाइना मिडिया ग्रुपको "प्रेस १ + १" कार्यक्रमका संचालक पाइ यान सुङसँग विशेष अन्तर्वार्ता दिनुभएको छ। गेट्सले चीनको महामारीको रोकथाम उपलब्धि, "बिल गेट्सको षडयन्त्र सिद्धान्त", खोपको अनुसन्धान तथा विकासबारे प्रश्नको जवाफ दिनुभएको छ।

अप्रिल ८ तारिख चीनको वुहान लकडाउनबाट मुक्त भएको विषयबारे चर्चा गर्दै बिल गेट्सले चीनमा निश्चित गरिएका विरामीहरूको संख्या खास गरी वुहानको संख्या थोरै भएको र यो एक राम्रो सूचना भन्दै गम्भीर क्वारेटाइन क्रममा सबैले धेरै कठिनाइको सामना गरेका र उनीहरूलाई शुभकामना दिनुपर्ने विश्वास आफूले लिएको बताउनुभयो। उहाँले चीनको महामारीको रोकथाम कदमको सक्रियताका साथ मूल्याङ्कन पनि गर्नुभयो। उहाँले महामारीको प्रतिरोध गर्ने विश्वको पहिलो मुलुकको रुपमा चीनका सामु ठूलो चुनौती देखापरेको तर हालको चीनले अरु मुलुकलाई मद्दत दिँदैआएको भन्दै चीनमा हाल आधारभूत रुपमा काम पुनःशुरु भएको बताउनुभयो। हाल चीन महत्वपूर्ण सामग्रीको आपूर्ति गर्ने कार्यमा संलग्न भैरहेको र यसले विश्वले महामारीको प्रतिरोध गर्नका लागि ठूलो परिवर्तन ल्याउने कुरामा उहाँले जोड दिनुभयो।

महामारीका कारण विश्वको विभिन्न मुलुकबीच भएको विवाद र भेदभाव गतिविधिबारे सहयोग नगरेमा भविश्यमा महामारीको सामनामा असर पर्नुका साथै जलवायु परिवर्तनको सामनामा असर पर्ने कुरा पनि बताउनुभयो।

उहाँकाअनुसार, भविश्यमा महामारीको प्रतिरोध गर्ने अन्तर्राष्ट्रिय सहयोगमा चीनले अझै सकारात्मक भूमिका निर्वाह गर्नसक्ने छ। धेरै वर्षयता चीनले सधैं नै अन्तर्राष्ट्रिय सहयोग गरेको छ। वास्तवमा "बेल्ट एण्ड रोड" योजनामा सम्बन्धित मुलुकको चिकित्सा तथा स्वास्थ्य सहयोगमा समावेश छ। बिल गेट्सले गेट्स कोष, चीन र अरु मुलुकले सम्बन्धित मुलुकले कोरोना भाइरस महामारीको प्रतिरोध गर्नका लागि अझै धेरै सहयोग गर्नसक्ने कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु