फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन सरकारद्वारा १३१ वटा मुलुक र अन्तर्राष्ट्रिय संगठनलाई संक्रमण प्रतिरोध सामग्री सहयोग

(GMT+08:00) 2020-04-10 19:07:47

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली चेनले अप्रिल १० तारिख पैचिङमा चीनले हालसम्म १३१ वटा मुलुक र अन्तर्राष्ट्रिय संगठनलाई महामारीको प्रतिरोध सामग्री उपलब्ध गराइसकेको र गराउँदै आएको बताउनुभयो। चीनले आफ्नो मुलुकको महामारीको रोकथाम तथा नियन्त्रण गर्ने आधारमा आफ्नो क्षमताबमोजिम अन्तर्राष्ट्रिय समाजलाई निरन्तर समर्थन र सहयोग दिने पनि उहाँले बताउनुभयो।

प्रवक्त चाउले सोही दिन आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो। उहाँले हालसम्म चीनले १२७ वटा मुलुक र ४ वटा अन्तर्राष्ट्रिय संगठनलाई मेडिकल मास्क, सुरक्षा पोशाक, टेस्ट किटलगायतको सामग्री उपलब्ध गराइसकेको र गराउँदैआएको बताउनुभयो। चीनको क्षेत्रीय सरकार, उद्योग-व्यवसाय, लोक मण्डलले १०० वटा मुलुक तथा क्षेत्र र अन्तर्राष्ट्रिय संगठनलाई मेडिकल सामग्री सहयोग गरेका बताउनुभयो।

प्रवक्ता चाउकाअनुसार, अप्रिल ८ तारिखसम्म ५८ वटा मुलुक र ४ वटा अन्तर्राष्ट्रिय संगठनले चिनियाँ उद्योग-व्यवसायहरूसँग मेडिकल सामग्रीको व्यापारिक खरीद सम्झौतामा हस्ताक्षर गरिसकेका छन्।

चिनियाँ भन्सारको तथ्यांकअनुसार, गत मार्च एक तारिखदेखि अप्रिल चार तारिखसम्म चीनले महामारीको प्रतिरोध सामग्रीको निर्यात गरेको कुल रकम दश अर्ब बीस करोड चिनियाँ युआन पुगेको छ। निर्यातित सामग्रीममा ३ अर्ब ८६ करोड वटा मास्क, ३ करोड ७५ लाख २० हजार सेट सुरक्षा पोशाक, १६ हजार वटा भेंटिलेटर समावेश छन्।

जानकारी तथा लेखहरु