फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी 'मौलिक उद्धार'पछाडिको राजनैतिक चेष्टा

(GMT+08:00) 2020-04-11 16:28:02
हालै अमेरिकाले बैदेशिक उद्धार गर्ने वचन फेरि दोहोर्‍याएको छ। अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले कोभिड-१९ विरूद्ध अमेरिकाले विश्वलाई २२ करोड ५० लाख अमेरिकी डलर बराबर सहयोग प्रदान गर्ने वचन दिनुभएको छ। उहाँले अमेरिका जस्तै उदार अर्को मुलुक नभएको पनि जनाउनुभएको छ।

तर वास्तविकता अर्कै छ। गत फेब्रुअरीको शुरूमा पोम्पेओले भन्नुभएको थियो अमेरिकी सरकारले चीन लगायतका मुलुकलाई १० करोड अमेरिकी डलर बराबर महामारी विरूद्ध सहयोग प्रदान गर्नेछ। मार्चको अन्ततिर उहाँले फेरि एक पटक जनाउनुभयो कि अमेरिकाले २७ करोड ४० लाख अमेरिकी डलर बरारब बैदेशिक उद्धार रकम छुट्याउने छ। सुन्दा अमेरिकाले छुट्याउने दोस्रो रकम निकै ठूलो छ। तर वास्तवमा तथाकथित २७ करोड ४० लाख अमेरिकी डलर बराबरको सहयोग रकममा फेब्रुअरीमा सार्वजनिक गरिएको १० करोड पनि समेटिसकेको छ। यसबाट हेर्दा अमेरिकाले अङ्कको खेल खेलिरहेको बुझिन्छ। बाँकी १७ करोड ४० लाखमध्ये संयुक्त राष्ट्र संघीय शरणार्थी मामिला उच्च कर्मचारीको कार्यालयलाई दिइने ६ करोड ४० लाख पनि त्यहीँ गाभिएको छ भने ११ करोड डलर विश्वका ६४ वटा मुलुकलाई बाँड्नुपर्नेछ। यसो गर्दा हरेक मुलुकले निकै कम सहयोग पाउँछन्। अब प्रश्न उठ्छ कि के अमेरिकाले उक्त रकम दिइसक्यो? चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले हालै यसबारे जवाफ दिनुभयोः एकै पैसा पनि दिएको छैन। अमेरिकको यस महामारी प्रतिरोध उद्धार वास्तवमा मौखिक उद्धार मात्र हो। बैदेशिक उद्धारको बारेमा चर्चा गर्दै पोम्पेओले अगाडी भन्नुभयोः अमेरिकाले अन्तर्राष्ट्रिय क्षेत्रलाई दिएको महामारी प्रतिरोधी उद्धार रकम चीनको भन्दा निकै बढी भएको छ। उहाँले खुलस्त रूपमा ठट्टा गरेको सम्बन्धमा चीनको परराष्ट्र मन्त्रालयले यसरी जवाफ दिएको छ। अमेरिकी विदेश मन्त्री पोम्पेओले उल्लेख गर्नुभएको अन्तर्राष्ट्रिय उद्धार रकम सन् १९८४ देखि गणना गर्न थालिएको रकम रहेछ।

महामारी शुरूयता पोम्पेओको कार्वाही हेर्दा उहाँले आफ्नो कार्यभारको कार्यन्वयन तथा महामारी विरूद्ध अन्तर्राष्ट्रिय सहयोगमा ध्यान नदिनकन चीनमाथि हिलो छ्याप्दै अझ बढी राजनीतिक गर्न खोजिरहनुभएको छ। संकटसामु पोम्पेओहरूले मौखिक उद्धार दिन भनेकोबाट के देखिन्छ भने उनीहरूको ख्याल विचार महामारी नियन्त्रणबारे होइन विश्वमा अमेरिकाको प्रभुत्व हराउँछ कि भन्ने चिन्ता मात्र प्रतिविम्वित भएको छ। ज्यानसँग सम्बन्धित महामारी विरूद्ध उद्धारलाई ती घमण्डी अमेरिकी राजनीतिज्ञहरूले भूराजनीति गर्ने साधनको रूपमा प्रयोग गरिरहेका छन्।

यता चीनले के गरिरहेको छ। त्यसबारेमा पनि चर्चा गरौँ। महामारीलाई नियन्त्रित मुलुक चीनले हालसम्म विश्वका १२७ वटा मुलुक तथा ४ वटा अन्तर्राष्ट्रिय संगठनलाई महामारी विरूद्ध सामग्री तथा सहयोग प्रदान गरिसकेको छ। इरान, इराक, इटली लगायत ११ वटा मुलुकलाई चिकित्सक टोली पठाइसकेको छ। यसका अतिरिक्त, महमारी प्रतिरोधी अन्तर्राष्ट्रिय सहयोगका लागि चीनले विश्व स्वास्थ्य संगठनलाई २ करोड अमेरिकी डलर सहयोग गरेको र अन्तर्राष्ट्रिय क्षेत्रसँग महामारी नियन्त्रण तथा उपचार पद्धति केही पनि नलुकाइकन बाँडिरहेको छ। ज्यानलाई प्राथमिकता दिने मानवीय भावनामा आधारित चीनको उद्धार देखेर पोम्पेओहरूलाई चिन्ता लागेर चीनमाथि हिलो छ्याप्दै चीन र अन्तर्राष्ट्रिय समाजको सम्बन्धलाई बिगार्न खोजिरहेका छन्। वासिङ्टन पोस्टले हालै औंल्याएको छः पोम्पेओले महामारीको दोष पैचिङमा लगाउन खोजिरहेको उद्देश्य चीनले अन्य मुलुकलाई सहयोग प्रदान नगरोस् भन्ने हो। किनभने चीनले जस्तो सहयोग अमेरिकी सरकारले गर्न सकेको छैन।

वर्तमान विश्वमा महामारीको सामनामा राजनीतिक चेष्टाको सट्टा ऐक्यबद्धता तथा सदिच्छापूर्ण सहयोगको आवश्यकता छ। सम्पूर्ण विश्वले अमेरिकालाई प्रश्न गरिरहेको छः अमेरिकाले पटक पटक दिएको उद्धार वचन कहिले व्यवहारमा उतार्छ?

जानकारी तथा लेखहरु