फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी र मेक्सिकोका राष्ट्रपति लोपेजबीच टेलिफोन वार्ता

(GMT+08:00) 2020-04-11 17:11:57
चीनका राष्ट्राध्यक्ष सी चिन फिङले अप्रिल १० तारिख बेलुकी मेक्सिकोका राष्ट्रपति आन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरसँग टेलिफोन वार्ता गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले चीन सरकार र चिनियाँ जनताको तर्फबाट मेक्सिको सरकार र जनतालाई अभिवादन र समर्थन गर्नुभयो। सीले राष्ट्रपतिको नेतृत्वमा मेक्सिकोले चाँडो महामारीलाई पराजित गर्ने विश्वास व्यक्त गर्दै चीनले मेक्सिकोलाई निरन्तर रुपमा समर्थन दिने र मेक्सिकोलाई चीनमा जरुरी सामग्रीको खरीद गर्न सहयोग गर्ने बताउनुयभो। दुई मुलुकले विशेषज्ञको भिडियो कन्फेरेन्सआदि तरीकाहरूमार्फत रोकथाम तथा नियन्त्रणबारे आदान-प्रदान गर्ने र अनुभव बाँड्ने कुरा पनि राष्ट्राध्यक्ष सीले बताउनुभयो।

लोपेजले मेक्सिको कोरोना भाइरस महामारीको प्रतिरोध गर्ने अप्ठ्यारो समयमा रहँदैआएको, चीनले मेक्सिकोलाई महामारीको प्रतिरोध गर्न मूल्यवान समर्थन र मद्दत दिएको बताउँदै मेक्सिकोका लागि यो महत्वपूर्ण भएकोमा जोड दिनुभयो।

जानकारी तथा लेखहरु