फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकामा ठूलो संख्यामा स्वास्थ्यकर्मीहरु खारेजीमा

(GMT+08:00) 2020-04-11 21:00:04

अमेरिकी स्थानीय समय अनुसार, अप्रिल १० तारिख अमेरिकामा कोभिड-१९ संक्रमितको संख्या ५ लाखभन्दा बढी भएको छ र मृत्यु भएको संख्या १८ हजार पुगेको छ। न्यूयोर्क राज्यमा मात्रै संक्रमितको संख्या विश्वमा कुनै देशको भन्दा बढी भएको छ।

महामारी शुरू यता, अमेरिकी चिकित्सा प्रणालीमा देखा परेका समस्याहरूले अमेरिकी संचारमाध्यमको ध्यानाकर्षण रहिरहेका छन्। संक्रमित तथा मृत्यु संख्या बढ्दै गएकोमा एउटा अचम्म लाग्दो कुरा के देखा परेको छ भने प्रशस्त बिरामीहरूले समयमै टेस्ट कीट पाएर उपचार पाउन सकेनन्। अर्कातिर स्वास्थ्यकर्मीको ठूलो माग भएका अस्पतालहरूमा प्रशस्त कर्मचारी खारेजीमा परेका छन्।

अमेरिकी प्रसिद्ध समाचार टिप्पणी वेभसाइट भोक्सले जनाए अनुसार, अमेरिकामा अल्टारूम अनुसन्धानालयले अप्रिल ४ तारिख गरेको एक सर्वेक्षण वमोजिम कोभिड-१९ महामारी यताको एक महिनामा सम्पूर्ण अमेरिकामा लगभग ४३ हजार स्वास्थ्यकर्मी खारेजीमा परेका छन्। ऐतिहासिक तथ्याङ्क अनुसार, आर्थिक परिस्थिति नराम्रो भएको बेला चिकित्सकहरू प्रशस्त रूपमा खारेजीमा पर्नु हुँदैन तर यस महामारीमा स्वास्थ्यकर्मी बेरोजगारी भएको संख्या बितेका ३० वर्षमा सबभन्दा उच्च स्थानमा पुगेको छ।

यसको कारणबारे विश्लेषण गर्दै न्यूयोर्क टाइम्सले जनाएको छः अस्पतालहरू आर्थिक कठिनाइमा जेलिएका छन्। अस्पतालहरू आकस्मिक सल्यक्रिया बन्द गरी कोभिड-१९ बिरामीका लागि चिकित्सा श्रोत बचाउने आदेश अमेरिकाका दशौं राज्यमा दिइएको छ। यही कारणले कतिपय अस्पतालहरूको आय व्यापक रुपमा घट्यो र खर्च कम गर्न बाध्य भएर कर्मचारी कटौति गरिएको हो।

एकातिर प्रशस्त स्वास्थ्यकर्मी बेरोजगार भए भने अर्कातिर न्यूयोर्क लगायत सबभन्दा प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी अपुग भएको समस्या देखा परेको छ। हालसम्म न्यूयोर्कमा देशभरिबाट स्वास्थ्यकर्मी बोलाइरहेको छ। तापनि सरकारका सम्बद्ध विभागले ती बोलाइएका स्वयंसेवक चिकित्सकहरूलाई कसरी पारिश्रमिक दिने भन्ने बारेमा स्पष्ट छैन।

महामारीबाट प्रभावित ठूलो चिकित्सा प्रणालीभन्दा स-साना क्लिनिकहरूको आर्थिक समस्या झन् गम्भीर हुन्छ। अस्पतालमा थपिने कर्मचारी, शैय्याहरू तथा संरक्षण पोशाक र प्रबन्ध लगायत आधारभूत खर्चमा सरकारले रकम छुट्याएतापनि ती क्षेत्रहरूको रकम साना क्लिनिकका लागि सहयोगात्मक नभएको बताइएको छ। भविष्यमा रकम कहिले छुट्याउने र कसरी छुट्याउने लगायत विविध विषय अनिश्चित रहेका छन्।

अमेरिकी सर्वसाधारणले सरकारको भावी कदमलाई नियालीरहेका छन्। संक्रमित संख्या बढ्दै गइरहेको क्रममा अमेरिकी चिकित्सा प्रणालीमा अझ ठूलो चुनौती देखा पर्ने संभावना छ।

जानकारी तथा लेखहरु