फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको आर्थिक वृद्धिदर २.८ प्रतिशत कम हुने विश्व बैंको प्रक्षेपण

(GMT+08:00) 2020-04-12 16:10:19

विश्वबैंकले कोरोना संकटका कारण नेपाली अर्थतन्त्रमा नराम्रो धक्का पुग्ने प्रक्षेपण गर्दै त्यसले आर्थिक वृद्धिदरमा समेत उच्च गिरावट आउने आंकलन गरेको छ। आइतबार दक्षिण एसियाली क्षेत्रको आर्थिक अवस्थाबारे एक रिर्पोट सार्वजनिक गर्दै विश्वबैंकले आर्थिक वृद्धिदरमा उच्च गिरावट आउने प्रक्षेपण गरेको अनलाइन खबरले लेखेको छ।

खासगरी रेमिट्यान्समा आउने कमी, व्यापार र पर्यटनमा परेको प्रभावले आर्थिक वृद्धिमा कमी आउने छ। कोभिड १९ कारण सिमा नाकामा हुने अवरोधले पनि आर्थिक गतिविधि प्रभावित हुने विश्व बैंकको भनाइ छ। कोभिड १९ को असर लामो समय बढ्दै जाँदा औद्योगिक उत्पादन र त्यसको खपतमा आउने कमी आउने भएको छ।

सन् २०२० मा परेको असर न्यूनिकरणमा बढी ध्यान दिनु पर्ने भएकाले यसले आगामी दुई आर्थिक वर्षको आर्थिक वृद्धिदरमा समेत असर पुग्न जाने विश्व बैंकले उल्लेख गरेको छ। यसअघि एसियाली विकास बैंकले नेपालको आर्थिक वृद्धिदर ४.३–५.३ प्रतिशतको बीचमा रहने प्रक्षेपण गरेको थियो।

यी दुई बहुराष्ट्रिय निकायको अनुमानमा भने ठूलो अन्तर देखिएको छ। यद्दपी यसले कोभिड १९ को अर्थतन्त्रमा पर्ने गहिरो प्रभावको संकेत भने विश्व बैंक र एसियाली विकास बैंकले गरेका छन्।

कोभिड १९ ले कम आयस्रोत भएका व्यक्तिको जीवनमा अझ नराम्रो पार्दै गएको विश्व बैंकले उल्लेख गरेको छ। यो अवस्था दक्षिण एसियाकै सबै मुलुकमा समान तरिकाले देखिएको छ। आतिथ्य सेवा, खुद्रा व्यापार र अनौपचारिक क्षेत्रमा काम गर्ने मानिसहरु कोभिडले बढी प्रभावित हुने भएका छन्।

दक्षिण एसियाली क्षेत्रमा रहेको सामाजिक असमानताका कारण धनी र गरिब बीचको खाडल अझ बढी देखिने बैंकले उल्लेख गरेको छ। साथै, गरिबीको संख्यामा पनि उल्लेख्य वृद्धि हुने अनुमान गरिएको छ। कोभिड १९ ले खाद्य सुरक्षामा समेत उत्तिकै चूनौति पुर्‍याउने विश्व बैंकको भनाइ रहेको छ।

लकडाउन खुलेसँगै यस भेगका सरकारहरुले अर्थव्यवस्थालाई उकास्न संयुक्र प्रयासको आवश्यकता समेत औल्याइएको छ। लगानी आकर्षित गर्दै कोभिडले पारेको खाडल पुरा गर्न सरकारहरुले उचित नीति ल्याउनु पर्ने सुझाव समेत विश्व बैंकले दिएको छ। अर्थतन्त्रमा परेको प्रभाव परिपूर्तिका लागि सरकारहरुले बहुराष्ट्रिय वित्तीय संस्थाहरुसँग पनि उत्तिकै समन्वय गर्न सक्ने प्रतिवेदनमा उल्लेख छ।

दक्षिण एसियामा पर्यटनमा आधारित मुलुकहरुको अर्थतन्त्र सबैभन्दा बढी धरासायी हुने विशव बैंकले उल्लेख गरेको छ। यसमा माल्दिभ्सको अर्थतन्त्र १३ प्रतिशतसम्म ऋणात्मक हुने भएको छ।

अफगानिस्तान, श्रीलंका र पाकिस्तानको आर्थिक वृद्धिदरसमेत ऋणात्मक हुने अनुमान बैंकको रहेको छ। भारत, भूटान, बंगलादेशको आर्थिक वृद्धिसमेत कोभिडले प्रभावित हुने भएको छ।

जानकारी तथा लेखहरु