![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
हालै अमेरकी फक्स न्युजको एक समाचार कार्यक्रममा रिपब्लिकन पार्टीका प्रतिनिधिसभा सदस्य लिन्डसे ग्राहमले भन्नुभयो'१६ हजार अमेरिकीको मृत्यु र १ करोड ७० लाख अमेरिकी बेरोजगार भएको जिम्मेवारी चीनले लिनुपर्छ'।
यस प्रकारका नाटक अमेरिकी राजनीतिज्ञहरूले लगातार अभिनयन गर्दै आएका छन्। उनीहरूले दोष चीनमाथि लगाउन खोजिरहेका छन्। यस्तो राजनीतिक षडयन्त्रमार्फत आफूले महामारीको नियन्त्रण सम्बन्धमा हेलच्येक्र्याइँ गरेर आएको नतिजाको जिम्मा अरूमाथि लगाएर आफू पन्छिनन खोज्दै छन्। उनीहरूले स्वदेशी अन्तर्विरोधलाई अरूमाथि दोष लगाएर आफू पानीमाथिको ओबानो हुनका लागि राजनीतिक स्वार्थयको संरक्षण गर्ने प्रयास गरिरहेका छन्।
अमेरिकी सरकारले लगाएको यो दोष अति ठूलो छ। यस्तो दोस कसैले पनि अरूमाथि लगाउन सक्दैन।
वासिङ्टन पोस्टले हालै यसरी औँल्याएको छः जनवरी ३ तारिख चीनले महामारीको चेतावनी पठाएकोदेखि मार्च १३ तारिख अमेरिकी नेताले बल्ल देश आपतकालीन अवस्थामा प्रवेश गरेको घोषित गरेसम्मको ७० दिनमा अमेरिकाले चीनबाट पठाएको चेतावनीको वास्ता नगरेको साथै यस विषयलाई लुकाएर केही पनि गरेको थिएन। चीनले ठूलो त्याग गरेर कमाएको मूल्यवान समयलाई खेर अमेरिकाले खेर फाल्ने काम मात्र गर्यो।
यसै अवधिमा कोभिड-१९ भाइरसको जाँच परीक्षण सम्बन्धमा पनि अमेरिकाले गल्तीहरू दोहोर्याइरह्यो। अमेरिकामा चिकित्सा सामग्रीको कमी समस्या पनि चर्को बन्दै गएको छ। यी सबैलाई जोडेर हेर्दा केही अमेरिकी राजनीतिज्ञहरूले जसरी दोषलाई अरूमाथि लगाउन खोजिरहेका छन् त्यसले उनीहरुको गल्ती हटाउन सक्दैन। यस सम्बन्धमा बढी भन्दा बढी संचारमाध्यम तथा संस्थाहरूले पुनः विचार गरिरहेका पाइन्छ।
हालै द बोस्टन ग्लोबले अमेरिकी सरकारको अनुहारमा 'रगत लतपतिएको' कारणले आफ्नो दोष ढाक्ने प्रयास भन्दै टिप्पणी गरेको छ। न्यूयोर्क टाइम्सले अमेरिकामा महामारीप्रति प्रतिक्रिया ठूलो हदसम्म राजनीतिक षडयन्त्रबाट गरिएको भन्दै आलोचना गरेको छ।
दुइ हप्ताअघि नै अमेरिकामा २० खर्ब अमेरिकी डलर बराबर आर्थिक उत्तेजित बिधेयक लागू भएतापनि यसै बिधेयकको कार्यान्वयन गर्नुअघि धेरै समस्याहरूको समाधान बाँकी छ। अप्रिल ९ तारिख अमेरिकी संयुक्त संचितिले २३ खर्ब अमेरिकी डलर बराबरको आर्थिक उत्तेजित योजना निकालेतापनि आवश्यकता परेका व्यवसाय तथा परिवारलाई दिइने ऋण पुर्याउन पनि सकिन्न भन्ने कुरामा दुविधा छ।
ग्राहमहरूले महामारीको नियन्त्रण तथा आर्थिक नीतिको कार्यन्वयनमा आफ्नो समस्याको पुनः विचार नगरी ती समस्याहरूको दोष चीनमाथि लगाएको गतिविधि आधारहिन छ। भाइरसको सामु देश वा जातिको भिन्नता छैन। आफ्नो गैर-जिम्मेवारी गतिविधिलाई अरूमाथि पन्छाउँदा गुमेको समय फेरि आउन सक्दैन। यसै घडीमा ऐक्यबद्धता तथा सहयोग नै महामारी जित्ने उपाय हुन्।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |