फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ह्वाइट हाउसले अमेरिकी सञ्चार माध्यममाथि निरन्तर रुपमा दोषारोपण गरेबाट के चुहिएको छ?

(GMT+08:00) 2020-04-15 18:22:57
"तिमीले यसरी भन्यौ निकै लाजमर्दो छ।" "तिमीले झुठो समाचार बनाएको तिमीलाई थाहा पाउनुपर्छ, तिम्रो संस्थाले पनि झुठो समाचार बनाएको छ।"स्थानीय समय अप्रिल १३ तारिख आयोजित ह्वाइट हाउसको पत्रकार सम्मेलनमा सीबीएसकी पत्रकार पाउला रैदले सम्पूर्ण फेब्रुअरीभरि गरेका कामका सम्बन्धमा अमेरिकी सरकारलाई निरन्तर रुपमा सोधेपछि अमेरिकी नेताले यस्तो जवाफ दिएका हुन्।

बितेका केही दिनदेखि उनले अमेरिकी सञ्चार माध्यममाथि निरन्तर रुपमा दोषारोपण गर्दै आएका छन्। हाल उनले बेग्लाबेग्लै रुपमा "न्यूयोर्क टाइम्स", "सिएनएन", "एनबीसी", "भिओए", "फक्स न्युज"माथि आरोप लगाए। सञ्चार माध्यमप्रति किन उनी यति आक्रोशित छन्? "न्यूयोर्क टाइम्स"लाई उदाहरणका रूपमा हेरौं।

हाल "न्यूयोर्क टाइम्स"ले "न्यूयोर्कमा अत्याधिक कोरोना भाइरसको संक्रमितहरु युरोपबाट आयातित जिनोमबाट देखिन्छ" भन्ने शीर्षकमा एउटा लेख सार्वजनिक गरेको छ। जसका अनुसार, न्यूयोर्कमा अत्याधिक कोरोना भाइरसको संक्रमितहरु युरोपबाट आएका पर्यटकहरु हुन्। त्यसपछि अमेरिकी नेताले सो लेखको आलोचना गरे। उनले "न्यूयोर्क टाइमस"ले झुठो समाचार बनाएर कोरोना भाइरसको उत्पति चीनको सट्टामा युरोप बनाएको आरोप लगाए। तथापि सो लेख हेरेपछि "न्यूयोर्क टाइम्स"ले सम्बन्धित क्षेत्रका दश भन्दा बढी विशेषज्ञको धारणा उद्धृत गरेको पाइन्छ।

जसबाट ह्वाइट हाउसको दृष्टिकोणमा चीनको आलोचना मात्र "वास्तविकताको सम्प्रेषण" हो, चीनको प्रशंसा गर्नु "चीनका लागि प्रचार-प्रसार गर्नु" बनेको देखिन्छ। तथाकथित "समाचारको स्वतन्त्रता"अमेरिकी सरकारको आँखामा राजनीतिक साधन हो।

पैचिङ समय अनुसार अप्रिल १५ तारिख ११ बजेसम्म अमेरिकामा कोरोना भाइरस संक्रमितहरुको संख्या ६ लाख भन्दा बढी पुगेको छ र २६,००३को मृत्यु भएको छ। महामारीको स्थिति चर्को हुँदै आएको छ। यस निर्णायक घडीमा अमेरिकाले महामारीको प्रतिरोधलाई केन्द्रमा राख्नुपर्छ।

जानकारी तथा लेखहरु