फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र विदेशका चिकित्साकर्मीहरुद्वारा कोरोना भाइरसको उपचारका कठिनाइबारे छलफल

(GMT+08:00) 2020-04-15 18:23:29
पैचिङको स्ये ह अस्पतालका विशेषज्ञ को फान तथा फान च्य्वुन फिङले अप्रिल १३ तारिख चाइना मिडिया ग्रुप अन्तर्गत सीजीटीएनको विशेष कार्यक्रम- "विश्व महामारीको निदान कक्ष"मा आएर अमेरिका, ब्राजिल र इजिप्टका चिकित्साकर्मीहरुसँग कोरोना भाइरसको उपचार अनुभव बाँड्नुभएको छ।

पैचिङको स्ये ह अस्पतालको चिकित्सा टोलीले कोरोना भाइरसका गम्भीर संक्रमितहरुको उपचार क्षेत्रमा प्रशस्त अनुभवको संकलन गरेको छ। १३ तारिख आयोजित आदान-प्रदान कार्यक्रममा दुई जना चिनियाँ विशेषज्ञले बाल-बालिकाहरुमा कोरोना भाइरस संक्रमण हुने नहुने, भाइरस जाँच्ने सही दरलाई क‌सरी बढाउने र निको भएका बिरामीलाई पुनः संक्रमण हुनसक्ने लगायतका विषयहरुबारे विदेशी चिकित्साकर्मीद्वारा सोधिएको प्रश्नको जवाफ दिनुभयो।

प्रत्यक्ष प्रसारणको क्रममा चिनियाँ चिकित्साकर्मीहरुले धेरै विदेशी इन्टरनेट प्रयोगकर्ताहरुसँग अन्तर्क्रिया गर्नुभयो। अप्रिल १४ तारिखसम्म यो कार्यक्रम हेर्नेहरूको संख्या ६ लाख ४८ हजार पुगेको छ।

जानकारी तथा लेखहरु