फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँ कोरोना भाइरसका कारण चीनलाई क्षति-पूर्ति माग्ने कुरा अस्वीकार्य: रुसी विदेश मन्त्री

(GMT+08:00) 2020-04-15 18:23:49
रुसी परराष्ट्र मन्त्री सेर्गेइ लाभरोभले केही मुलुक र क्षेत्रमा प्रचलित तथाकथित नयाँ कोराना भाइरसका कारण चीनबाट क्षति-पूर्ति माग्ने कुरा निकै डर लाग्दो भएको भन्दै त्यस भनाईलाई पटक्कै स्वीकार गर्न नसक्ने कुरा औँल्याउनुभएको छ। उहाँले १४ तारिख हाल अन्तर्राष्ट्रिय ध्यानाकर्षणको विषयबारे रुसी र विदेशी सञ्चार-माध्यमको अनलाईन अन्तर्वार्ता दिने क्रममा उक्त कुरा बताउनुभएको हो।

विदेश मन्त्री लाभरोभले उक्त कुरा सुन्दा आफूलाई दु:ख लागेको व्यक्त गर्नुभयो। "हाम्रा चिनियाँ साथीहरू स्वदेशको रोगको कठिन अवस्थाबाट मुक्ति भएर अर्थतन्त्र पनि सामान्य अवस्थामा फर्कंदै आएको देखिन्छ। तैपनि उनीहरू आँखा चिम्लेर बसेका छैनन्।" उहाँले भन्नुभयो: " हाल चीन रोग निवारण सम्बन्धी आफ्नो अनुभवको उपभोग गर्ने तरिकामार्फत अन्य मुलुकलाई सहायता गरिरहेको छ।" बेलायतका कोही मानिसले यदि चीनले ठूलो मात्राको भुक्तानी नगरेमा विदेशमा रहेको चीनको पूँजी जफत गर्ने अडान लिएका छन्। यस्तो भनाई निकै डरलाग्दो र आश्चर्यजनक सुनिन्छ। त्यो पटक्कै स्वीकार गर्न नसक्ने कुरा हो।

जानकारी तथा लेखहरु