फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बन्दाबन्दीले रोकिएको सोलुखुम्बुका जलविद्युत् आयोजनाहरूको काम सुचारु

(GMT+08:00) 2020-04-15 18:26:02
बन्दाबन्दीका कारण लामो समयदेखि ठप्प सोलुखुम्बुमा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको काम आंशिक रूपमा सुचारु भएको छ। सरकारले २५ जनाभन्दा बढी एकै ठाउँमा भेला नहुने निर्णय गरेपछि तत्कालका लागि स्थगित गरिएका आयोजनाको काम सुचारु भएको हो।

सरकारले बाहिरबाट श्रमिक ल्याएर काम लगाउन नपाउने तर पहिले नै आयोजनामा कार्यरत कामदार प्रयोग गरेर काम गर्न पाउने निर्णय गरेपछि सोलुखुम्बुको एउटै खोलामा निर्माणको चरणमा रहेका आधा दर्जन आयोजनाले काम सुचारु गरेको जनाएका छन्। सोलुखोलमा निर्माणाधीन ५.२ मेगावाटको दोभान हाइड्रोपावर, सोलुखुम्बु र रामेछापको सिमाना भएर बग्ने लिखु खोलामा निर्माणाधीन लिखु १, लिखु २ र लिखु ए, सोलु दूधकोसी हाइड्रोपावर र तल्लो सोलु हाइड्रोपवारको काम सुचारु गरिएको गोरखापत्र अनलाइनले जनाएको छ।

बन्दाबन्दीको सुरु हुनुभन्दा पहिला नै आयोजनामा काम गर्ने कामदारलाई सुरक्षित तरिकाले काम लगाइएको लिखु हाइड्रोपावरले जनाएको छ । अधिकांश हाइड्रोपावरले सिमेन्टलगायतका सामान आपूर्ति नहुँदा समस्या भएको जनाएका छन्।

सोलुखोलामा निर्माणाधीन नेपालकै निजी स्वदेशी लगानीमा बन्न लागेको सबैभन्दा ठूलो ८६ मेगावटको जलविद्युत् आयोजनाका लागि सिमेन्ट आपूर्तिमा समस्या भएकाले प्लम्बिङलगायतका काम भइरहेको जनाएको छ । कोरोना विषाणुको सङ्क्रमण फैलिन नदिन बाहिरका कामदार प्रयोग नगरी भित्रै रहेका कामदारबाट आंशिक काम हुन थालेको आयोजनाले जनाएको छ। सोलुखुम्बुमा दुई सय मेगावाटभन्दा बढी क्षमताका विभिन्न आयोजनाको निर्माण भइरहेको छ।

जानकारी तथा लेखहरु
प्रतिक्रियाहरु(0 प्रतिक्रियाहरु)
प्रतिक्रिया छैन