फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ नागरिक उड्ययन सेवाद्वारा विदेशलाई सक्रिय उद्धार

(GMT+08:00) 2020-04-15 19:35:01
अखिल चीन वायु सेवा व्यूरोबाट प्राप्त समाचार अनुसार, कोरोना भाइरस महामारी देखा परेयता अखिल चीन वायु सेवा व्यूरोले विदेशतर्फ सक्रियताका साथ उद्धार गरेको छ। चिनियाँ नागरिक उड्ययन सेवाले विदेशतर्फ उद्धारका लागि एक सय भन्दा बढी चिकित्सा टोली तथा कर्मचारी र महामारीको प्रतिरोधका लागि करिब दश हजार टन मालसामान पुर्‍याएको छ।

अखिल चीन वायु सेवा व्यूरो अन्तर्गत संचालन अनुगमन केन्द्रका उप-प्रमुख सुन शाउ ह्वाका अनुसार, महामारी देखा परे यता अखिल चीन वायु सेवा व्यूरोले समयमै ढुवानीको प्रत्याभूति सम्बन्धी महत्वपूर्ण व्यवस्था अपनाएको छ। अखिल चीन वायु सेवा व्यूरोले अप्रिल १४ तारिखसम्म अमेरिका, बेलायत, इरान, इराक, पाकिस्तान, इटाली, जापान र दक्षिण कोरिया लगायत ६४ मुलुकतर्फ चिकित्सा टोली अथवा मालसामान पुर्‍याएको छ।

वुहानको थ्यान ह विमानस्थल अप्रिल ८ तारिख पुन:संचालनमा आएदेखि त्यसको संचालन व्यवस्थित रहेको र चीनका ४५ शहर बीचको उडान पनि पुन:संचालन भएको जानकारी पनि सुन शाउ ह्वाले दिनुभयो।

जानकारी तथा लेखहरु