फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रोग प्रतिरोध सम्बन्धी चिनियाँ चिकित्सा विशेषज्ञ टोली साउदी अरेबिया प्रस्थान

(GMT+08:00) 2020-04-15 19:35:30
नयाँ कोरोना महामारीको प्रतिरोधमा साउदी अरेबियालाई सहायता दिनका लागि चीन सरकारले त्यसतर्फ चिकित्सा विशेषज्ञ टोलीलाई पठाउने निर्णय गरे बमोजिम एउटा टोली १५ तारिख बिहान त्यसतर्फ प्रस्थान गरेको जानकारी चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली चेनले दिनुभएको छ।

१५ तारिख पैचिङमा उहाँले चीनमा नयाँ कोरोना महामारी देखा परेपछि साउदी अरेबियाका नेताले तुरुन्तै अभिवादन र समर्थन व्यक्त गर्नुका साथै साउदी अरेबिया र विभिन्न क्षेत्रहरूले पनि चीनलाई धेरै सामग्रीको सहायता दिएको पनि स्मरण गर्नुभयो।

भाइरसका लागि देशको सीमा नरहेकाले विभिन्न देशहरूले हातमा हात मिलाएर त्यसको सामना गर्नुपर्ने कुरामा प्रवक्ता चाउले जोड दिनुभएको छ। सम्पूर्ण रणनीतिक सहयोगात्मक साझेदारको हैसियतले साउदी अरबियासँगै मिलेर निरन्तर रुपमा घनिष्ट सहकार्य गर्नुका साथै दुवै देशका जनताको जीवन रक्षा र शारीरिक स्वास्थ्यको संरक्षण गरी मानव जातिको साझा शत्रु अर्थात् नयाँ कोरोना महामारीलाई जित्न चीन इच्छुक रहेको कुरा पनि प्रवक्ता चाउले औँल्याउनुभएको छ।

जानकारी तथा लेखहरु