फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"छ्यौ श" पत्रिकामा राष्ट्राध्यक्ष सी चिनफिङको महत्वपूर्ण लेख प्रकाशित

(GMT+08:00) 2020-04-15 20:44:08
अप्रिल १६ तारिख छापिने आठौं "छ्यौ श" पत्रिकाले "एकतावद्ध भएर सहकार्य गर्नु नै अन्तर्राष्ट्रिय समाजले रोगलाई जित्ने सबैभन्दा सशक्त हतियार हुने" शीर्षकको चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङको महत्वपूर्ण लेख प्रकाशित गर्ने छ।

त्यस लेखमा भनिएको छ: 'मानव जाति एउटा भाग्यको एकरुपता नै हो। विभिन्न मुलुकका जनताको सुरक्षा र खतरासँग सम्बन्धित रहेको रोगलाई पराजित गर्नका लागि एकतावद्ध भएर सहकार्य गर्नु नै सबैभन्दा सशक्त हतियार हो। हामीले एउटै डुङ्गामा चढेर एकले अर्कालाई सहायता दिएपछि अन्त्यमा रोगमाथि अवश्य नै विजय हासिल गर्न सक्नेछौं।'

भाइरसका लागि देशको सिमाना छैन। रोग सामु जातिको भिन्नता पनि छैन। जुनसुकै मुलुकले अहिलेको अवस्थामा आँखा चिम्लेर बस्नुहुँदैन। बरु सारा मानव जातिले सँगै मिलेर प्रयासमार्फत त्यस रोगलाई जित्न सक्ने कुरा पनि उक्त लेखमा उल्लेख गरिएको छ।

सो लेखमा अझ भनिएको छ: 'सार्वजनिक स्वास्थ्यको सुरक्षा मानव जाति सामु देखा परेको साझा चुनौती भएकाले विभिन्न मुलुकहरूले हातमा हात मिलाएर अन्तर्राष्ट्रिय सहकार्यलाई सबल पारी रोगलाई पराजित गर्ने सशक्त शक्ति जम्मा गर्नुपर्छ।'

जानकारी तथा लेखहरु