फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गाढा विश्वासदेखि निकै हतारोसम्म रूपान्तरित अमेरिका

(GMT+08:00) 2020-04-16 17:03:50
६ लाख संक्रमित निश्चित गरिएको र २५ हजार ५ सय ७५ को मृत्यु भएको, राजधानी वाशिङ्टन लगायत विदेशमा अमेरिकाको अधीनमा रहेका ४ वटा भूखण्ड पूराका पूरै "विनाशकारी प्रकोपग्रस्त अवस्था"मा प्रवेश गरेका छन्। अमेरिकाको इतिहासमा यो अभूतपूर्व कुरा हो। सामान्य रुपमा सरुवा रोगको सामना गर्न सबभन्दा विस्तृत तयारी गर्नसक्ने मुलुक मानिएको अमेरिकालाई किन नयाँ कोरोना भाइरसले ध्वस्त पार्दैछ? किनकि अमेरिकाले आफ्नै कारणले मूल्यवान समय गुमाएको छ।

उच्च तापक्रमको ज्वरो मुख्य विशेषता रहेको एक किसिमको सास फर्ने रोग विश्वका विभिन्न स्थानमा द्रूत गतिले फैलिंदै आएको देखिन्छ। अमेरिकातर्फ हेर्दाखेरि जुन रोग सर्वप्रथम शिकागोमा देखा परेको थियो। ४७ दिनपछि विश्व स्वास्थ्य संगठनले उक्त रोग सारा विश्वभर फैलिनसक्ने चेतावनी दिएको थियो। तर ढिलो भयो। किनभने ११ करोड अमेरिकी संक्रमित भएको, ७७ लाख अमेरिकी अस्पतालमा प्रवेश गरेको र ५ लाख ८६ हजार जनाको ज्यान गुमिसकेको छ।

चिकित्सा सामग्री निकै अभाव भएकाले भाइरस विरूद्ध लडिरहेका चिकित्साकर्मीहरूले आधारभूत प्रत्याभूति पाउन सकेका छैनन्। हरेक दिन बढ्दै गएको अङ्क मात्रै होइन, त्यो एक एक जनाको साँच्चिकैको प्राण हो।

जानकारी तथा लेखहरु