फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाले सहायता रोकेकोप्रति विश्व स्वास्थ्य संगठनको अफ्सोस्

(GMT+08:00) 2020-04-16 19:48:06
अमेरिकाले विश्व स्वास्थ्य संगठन डब्लुएचओको सहायताको कारवाईलाई स्थगित गरेको कुराप्रति विश्व स्वास्थ्य संगठनका महाप्रबन्धक टेड्रोस अधानोम घेब्रेयेसुसले १५ तारिख खेद व्यक्त गर्नुभएको छ। विश्व स्वास्थ्य संगठनले अमेरिकी सहायतासँग सम्बन्धित योजनाहरूको मूल्याङ्कन गर्नुका साथै अन्य सहकार्य साझेदारीसँगै त्यस पूँजीको अभावलाई कसरी पर्याप्त पार्ने भन्ने विषयबारे विचार-विमर्श गर्ने जानकारी पनि उहाँले दिनुभएको छ।

विश्व स्वास्थ्य संगठनले नयाँ कोरोना महामारीको प्रतिरोध गरेको मात्र नभई मलेरिया, कुष्ठरोग, इबोला, एड्स र क्यान्सर आदि रोगको प्रतिरोध गर्ने सम्बन्धमा प्रयास गरिरहेको कुरा पनि उहाँले औँल्याउनुभयो। हाल एकतावद्ध भएर नयाँ कोरोना भाइरसको त्रासको सामना गर्ने महत्वपूर्ण बखत नै हो। नत्र भने भाइरसले जुनसुकै सानो मौकाको पनि दुरुपयोग गर्न सक्नेछ भन्ने कुरामा पनि उहाँले जोड दिनुभएको छ।

जानकारी तथा लेखहरु