फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाले आपूर्ति बन्द गर्नु आफू र अरुका लागि पनि हानिकारक

(GMT+08:00) 2020-04-16 19:49:58
अमेरिकी नेताले १४ तारिख ह्वाइट हाउसमा आयोजित नयाँ कोरोना महामारी सम्बन्धी पत्रकार सम्मेलनमा अमेरिका सरकारले विश्व स्वास्थ्य संगठनको सहायता पूँजीलाई स्थगित गर्ने घोषणा गर्नुका साथै नयाँ कोरोना महामारीको प्रतिरोध गर्ने क्रममा कमजोर कदम चालेकाले रोगलाई पूरै विश्वमा फैलावट गरिएकोमा विश्व स्वास्थ्य संगठनमाथि दोषारोपण गरेको छ।

विश्वको सार्वजनिक स्वास्थ्य संकट देखा परेको खण्डमा अमेरिकाले आफ्नो जिम्मेवारी अरुमाथि थोपर्न खोजेको सो एकपक्षीय कारवाईबाट विश्व स्वास्थ्य संगठनको क्षमतालाई कमजोर पारिनुका साथै रोग प्रतिरोध सम्बन्धी अन्तर्राष्ट्रिय सहकार्यमा पनि हानि पुर्‍याइनेछ। अन्त्यमा त्यस कारवाईबाट अमेरिकी जनता लगायत विश्वका विभिन्न मुलुकका जनताहरूको साझा हितलाई ध्वस्त पारिनेछ। आफू र अरुका लागि पनि हानिकारक कारवाई नै हो त्यो।

हाल समस्त विश्वमा नयाँ कोरोना महामारी संक्रमितको कूल संख्या लगभग २० लाख पुगेकाले रोग निवारण र नियन्त्रण अवस्था दिनप्रति दिन गम्भीर हुँदै आएको देखिन्छ। यस्तो महत्वपूर्ण अवधिमा अमेरिकाले विश्व स्वास्थ्य संगठनको सहायता रकम रोक्ने निर्णयको देशभित्र र बाहिर समेत विस्तृत रुपमा आलोचना भएको छ।

जानकारी तथा लेखहरु