फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"पुन:आरम्भ" वुहानबाट चिनियाँ अर्थतन्त्रलाई विश्वास र जीवन्त शक्ति थपिने

(GMT+08:00) 2020-04-16 19:50:59

हाल चीनमा रोग निवारण र नियन्त्रण क्रममा प्राप्त प्रगति अझ सुदृढ हुँदै आएको सिलसिलामा आर्थिक र सामाजिक परिपाटी पनि क्रमश: सामान्य हुँदै आएको देखिन्छ। चीनले चालु वर्षको आर्थिक तथा सामाजिक विकास लक्ष्यलाई साकार तुल्याउने विश्वास र साहस कहाँबाट आउने? भन्ने अन्तर्राष्ट्रिय समाजको साझा चासो रहेको छ। लकडाउनबाट मुक्ति पाएको वुहानले आफ्नो तरिकामार्फत विश्वलाई उत्तर दिएको छ।

गत मार्च ३० तारिखदेखि वुहानका विभिन्न ठूला वाणिज्य क्षेत्र र मिलिजुली वाणिज्य समुदाय लगातार रुपमा पुन:सञ्चालनमा आएका छन्।

वुहानका व्यवसायले निरन्तर रुपमा राम्रोसँग रोग निवारण र नियन्त्रण गर्नुका साथै आ-आफ्नो बुद्धि बमोजिम आफ्नो लागि पुन: सुधार गरिरहेका छन्।

यसका अतिरिक्त चीनको केन्द्रीय सरकारले सहायता कदम चालेको आधारमा वुहान सरकारले कर कटौती, बैकिङ समर्थन र रोजगारीमा सहायता लगायतका शृंखलावद्ध सहुलियत नीति प्रस्तुत गर्दै मझौला र ससाना व्यवसायलाई समर्थन गरेको छ।

यसबाहेक, वुहानको मोटरगाडी व्यवसायले सम्पूर्ण व्यवसाय लाइनलाई डोर्‍याउने भावना लिएर सक्रियताका साथ विकास गरिरहेको छ।

जानकारी तथा लेखहरु